इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

सोमबार, २६ चैत २०७४, १९ : २९ एजेन्सी

बानडुङ– इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको र दर्जनौँ नागरिकलाई अस्पताल भर्ना गरी उपचार भैरहेको यहाँका अधिकारीले सोमबार जनाएका छन्। 

मदिरा सेवनबाट विरामी परेका केही अन्य व्यक्तिको स्वास्थ्यस्थिति अझै गम्भीर रहेकोले मृतक सङ्ख्यामा केही वृद्धि हुनसक्ने इन्डोनेसियाली स्वास्थ्य अधिकारीले बताएका छन्। 

यस घटनापछि प्रहरीले विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इन्डोनेसियाका विभिन्न शहरमा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा छापा मार्ने र यसमा सम्लग्न व्यक्तिलाई पक्राउ गर्न व्यापक खानतलासी गरिरहेको इन्डोनेसियाका सुरक्षा अधिकारीले बताए। 

धेरैजसो इन्डोनेसियाली नागरिकले इस्लामको नरम नीतिलाई अवलम्बन गर्दै मुलुकका ठूला शहरमा मदिरा विक्रीलाई अभ्यास गर्दै आएका छन्। तर चर्को करले ब्रान्डेड मदिराको मूल्य बढी हुन जाँदा न्यून आम्दानी भएका नागरिकले भने घरमा बनाइएको असुरक्षित मदिराको सेवन गर्ने गर्छन्। 

असुरक्षित मदिरा सेवन गरेर भएको पछिल्लो घटनामा विगत एक हप्ताको अवधिमा पपुवामा आठसहित पश्चिमी जाभा क्षेत्रमा ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रहरी र स्वास्थ्यकर्मीले दिएको तथ्याङ्कमा छ। 

खोकीको औषधि, लामखुट्टे मार्न प्रयोग हुँने कीटनासक रसायनलगायतका रसायनको मिश्रण गरी बनाइएका घरेलु मदिरा बजारमा जाँदा यसको सेवनबाट धेरै नागरिकको ज्यान गुमेको स्थानीय प्रहरी प्रमुख अगुङबुढी मार्योटोले सोमबबार पत्रकार सम्मेलनमा बताए। अवैध रूपमा मदिरा उत्पादन गरी असुरक्षित मदिरालाई बजारमा आपूर्ति गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई सुरक्षा नियन्त्रणमा लिएको उनले बताए। 

प्रहरीले असुरक्षित मदिरा बजारमा आपुर्ति गर्ने ठूला विक्रेता तथा डिस्ट्रब्युटर्स रहेका आशंकामा खोजी गरिरहेको जनाएको छ। राजधानीकै कुनै भागमा दुई दर्जन मानिसको असुरक्षित मदिरा सेवनका कारण मृत्यु भएको भन्ने खबरप्रति सुरक्षाप्रशासन थप सम्वेदनशील बनेको प्रहरीले बताएको छ। 

इन्डोनेसियामा असुरक्षित मदिरा सेवनका कारण सन् २०१६ मा पनि इन्डोनेसियाको मध्य जाभा क्षेत्रमा घरेलु मदिराको सेवनबाट ३६ जनाको मृत्यु भएको थियो। 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad