१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको दिल्लीमा पत्रकारमाथि गोली प्रहार

नयाँदिल्ली – भारतको राजधानी नयाँ दिल्लीको नजिकै आइतबार साँझ एक पत्रकारमाथि गोली प्रहार भएको छ। भारतको राजधानीनजिकै रहेको उनको घरभित्र नै उनीमाथि गोली प्रहार भएको र उनी गम्भीर घाइते भएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ।

नयाँ दिल्लीको बाहिरी इलाकामा अवस्थित उत्तर प्रदेशको घाजीयावाद रेहेको पत्रकार अनुज चौथरीको घरमा नै आइतबार साँझ गोली प्रहार गरिएको छ। अनुज हिन्दी न्युज टेलिभिजन च्यानलमा कार्यरत रहेका जनाइएको छ। 

आइतबार साँझ मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले अनुजको पेट र दाँहिने हातमा गोली प्रहार गरेका थिए। उनको हाल अस्पतालमा उपचार भइरहेको बताइएको छ। 

अनुज साहारा समय भन्ने हिन्दी टेलिभिजन न्युज ज्यानलमा कार्यरत छन्। पत्रकारमाथि भएको सो आक्रमणको अनुसन्धान जारी रहेको बताइएको छ। चौथरीका श्रीमती भारतको बहुजन समाज पार्टी (बिएसपी) का स्थानीय सदस्य हुन । उनले उत्तर प्रदेशस्थित लाखौँ तल्लो जाती दलितको समर्थनमा कार्य गर्दै आएकी बताइएको छ ।

प्रकाशित: २६ चैत्र २०७४ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App