१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार

इश्लामावाद- अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच भएको तर विविध कारणले स्थगित रहेको शान्तिवार्तालाई ब्युताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताएका छन्।

अब्वासीले अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध समस्याको समाधान नभएको भन्ने आफ्नो प्रस्तावलाई काबुलले गम्भीरताका साथ लिँदै यस बिषयमा सहमति जनाएको बताए। उनको यो भनाई उनी भ्रमणबाट स्वदेश फर्केसँगै अफगानी राष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीसँगको भेटमा भएका बिषयबारे पत्रकारलाई जानकारी गराउने क्रममा आएका हुन्। 

अब्वासीले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग अफगानिस्तानमा कट्टरपन्थी धार्मिक समूहलाई राजनीतिक दलका रूपमा मान्यता दिन आग्रह गर्नुभएको र यसलाई उहाँले सकारात्मक रूपमा लिएको बताए। 

तालिवान समूहले भने आधिकारिक रूपमा यसप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन यद्यपि काबुल सरकारसँग छलफल गर्नुपूर्व अमेरिकासँग वार्ता गर्ने दोहोराएका भनाइहरू अनौपचारिक रूपमा आएका बताइएको छ। 

सन् २०१५ मा सुरु भएको अफगान सरकार र तालिवानबीचको पहिलो प्रत्यक्ष शान्तिवार्ता पाकिस्तानको मध्यस्थतामा भएको थियो। तर तालिवान समूहका संस्थापक मुल्लाह मोहम्मद ओमारको मृत्युको खबरपछि वार्ता भाँडिएको थियो। 

प्रकाशित: २५ चैत्र २०७४ १६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App