१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कपिल शर्मालार्इ प्रेमिकाको सुझाव– मानसिक उपचार गराउ

मुम्बई– कमेडियन कपिल शर्मालाई पूर्व प्रेमिकाले मानसिक उपचार गराउन सुझाव दिएकी छिन्। कपिलको कम्पनीकी पूर्व म्यानेजर समेत रहेकी प्रेमिका प्रिती सिमोन्सले आइतबार मानसिक उपचारका लागि आग्रह गरेकी हुन्।

आफूलाई मानसिक रुपमा यातना दिएको, २५ लाख रुपैयाँ मागेको र आफूविरुद्ध विभिन्न अफवाह फैलाएको भन्दै कपिलले शनिबार प्रिती, उनकी बहिनी निती र स्पटबोईका सम्पादक विक्की लालवानीविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरेपछि पूर्व प्रेमिकाले उनलाई मानसिक रोगीको संज्ञा दिएकी हुन्।

कपिलले लगाएका सम्पूर्ण आरोप अस्वीकार गर्दै प्रितीले भनेकी छन्– ‘कपिलले मानसिक रुपमा आफ्नो उपचार गर्नुपर्छ। उनी निकै डिप्रेशनमा छन् र हामी उनी चाँडो स्वस्थ हुन भनी कामना गर्छाैं।’

पछिल्लो समय ट्वीटरमा कपिल अस्थिर (ट्वीट गर्ने, तुरुन्तै हटाउने) देखिएपछि उनको आलोचना भइरहेको छ। आफ्नै सहकर्मीमाथि दुर्व्यवहार गरेर विवादमा आएका कपिल अहिले भने ट्वीटर र पूर्व प्रेमिकाका कारण विवादमा तानिएका छन्।

प्रकाशित: २५ चैत्र २०७४ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App