१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वराष्ट्रपति सुरक्षाकर्मीको नियन्त्रणमा

ब्रासिलिया – ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

ब्राजिलको प्रहरीसमक्ष आत्मसमर्पण गर्न दिइएको समय सीमाभित्र उनले आत्मसमर्पण नगरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

भ्रष्टाचारसम्बन्धी मुद्दामा १२ वर्ष जेल सजाय तोकिएका ७२ वर्षीय लुलाको जेल जीवन सुरु गर्न प्रहरीसमक्ष आत्मसमर्पण नगरेपछि उनलाई पक्राउ गरिएको बताइएको छ। उनले भने आफूले भ्रष्टाचार नगरेको भन्दै आफूविरुद्ध लागेको मुद्दा राजनीतिक रूपमा प्रेरित रहेको बताउँदै आएका छन् । ब्राजिलमा आउँदो अक्टोबरमा हुने भनिएको राष्ट्रपतीय निर्वाचनलाई मध्यनजर गर्दै उनीविरुद्धको भ्रष्टाचार मुद्दा ल्याइएको उनका समर्थकले बताएका छन्।

भ्रष्टाचार र स्रोत नखुलेको सम्पत्तिसम्बन्धी मुद्दामा लुलामाथि सरकारी तबरबाट अनुसन्धान भइरहेको छ।

प्रकाशित: २५ चैत्र २०७४ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App