१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राबाडाको स्थानमा प्लुंकेट

नयाँ दिल्ली – घाइते तीव्र गतिका दक्षिण अफ्रिकन बलर कागिसो राबाडको स्थानमा इङ्ल्यान्डका तीव्र गतिका बलर लिम प्लुंकेटसँग इन्डियन प्रिमियर लिगको टोली दिल्ली डेयरडेभिल्सले शनिबार सम्झौता गरेको छ।

दिल्लीले ३३ वर्षीय प्लुंकेट आइपिएलमा पहिलो पटक अनुबन्धित भएको घोषणा गरेको हो।

आइतबार किङ्स इलेभेन पन्जाबसँग खेल्न लागेको दिल्लीले राबडालाई  ६ लाख ५० हजार डलरमा यसअघि अनुबन्धित गरेको थियो । ढाडको समस्याका कारण राबाडाले तीन महिना आराम गर्नुपर्ने भएकाले दिल्लीले इङ्ल्यान्डका प्लुंकेटलाई अनुबन्धित गरेको हो।

बलर प्लुंकेटलाई दिल्लीले उपलब्ध प्रतिस्थापनको सूचीबाट अनुबन्धित गरेको हो । उनले १३ टेस्ट, ६५ एकदीवसीय अन्तर्राष्ट्रिय र १५ ट्वान्टी–२० प्रतियोगितामा राष्ट्रिय टोली इङ्ल्यान्डबााट खेलिसकेका छन्।

८ टिम सहभागी ११औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीचको खेलसँगै शनिबारबाट सुरु भयो।

प्रकाशित: २५ चैत्र २०७४ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App