१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ह्यानोभरले संकट टार्यो

बर्लिन – ह्यानोभरले शुक्रबार वेर्डर ब्रेमेनलाई २–१ ले पराजित गर्दै यस सिजन बुन्डेसलिगा रेलिगेसनको संकट टारेको छ । खेलको सातौं मिनेटमा मार्टिन हार्निकले गोल गर्दै ह्यानोभरलाई अग्रता दिलाएका थिए।

मध्यान्तर हुन तीन मिनेट बाँकी हुँदा फ्लेक्स क्लान्सले गोल गर्दै ह्यानोभरको अग्रता दोब्बर पारेका थिए । क्लान्सले मिको अल्ब्रोनोजको पासलाई पोस्टको दिशा दिएका थिए।

७४औं मिनेटमा इसाक बेल्फोडिलले थोमस डिलानेको पासमा गरेको गोलमा ब्रेमेनले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन।

यस जितसँगै ह्यानोभरले लगातार ५ हारको शृंखलामा समेत पूर्णविराम लगाएको छ । २९ खेलमा ३५ अंक जोडेको ह्यानोभर १३औं स्थानमा यथावत् छ । जुन रेलिगेसन क्षेत्रभन्दा ९ अंक बढी हो । यता फ्लोरेन क्लोफेल्टको प्रशिक्षणमा भोगेको लगातार छैटाैं हारपछि ३६ अंक जोडेको ब्रेमेन १२औं स्थानमा छ।
 

प्रकाशित: २५ चैत्र २०७४ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App