१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री टुडोद्वारा खेलाडीको निधनमा शोक व्यक्त

ओटावा– क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले प्रसिद्ध ‘हम्बोल्ट ब्रोन्कोस जुनियर हकी’ समूहका १४ खेलाडीको सडक दुर्घटनाबाट मृत्यु भएकप्रति शोक व्यक्त गर्दै उक्त खबरले आँफूलाई मर्माहित तुल्याएको बताएका छन्। 

शनिबार ट्वीटर सन्देश लेख्दै प्रधानमन्त्री टुडोले भनेका छन्, ‘सडक दुर्घटनामा परी मृत्यु हुने खेलाडीका अभिभावकले यस दुःखद् खवरलाई कसरी सामना गर्नुभयो मैले कल्पनासम्म पनि गर्न सकिरहेको छैन। यस दुखद् घटनामा म सम्पूर्ण मृतक खेलाडीका अभिभावक, आफन्तजन तथा शुभचिन्तकप्रति सहानुभूति व्यक्त गर्न चाहन्छु।’ 

जुनियर क्रिबेट समूह बोकेको बसलाई क्यानडाको राजमार्ग ३५ मा स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे दक्षिणपश्चिमी प्रान्त तिस्देलमा ठक्कर दिँदा बसमा यात्रारत १४ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा १६ देखि २१ बर्ष समूहका हकी खेलाडीसहित उक्त खेलसँग आवद्ध अन्य १४ जना घाइते भएका थिए। 

प्रकाशित: २४ चैत्र २०७४ १६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App