१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आक्रमणमा दुई अफगान सैनिकको मृत्यु

अफगानिस्तान - अफगानिस्तानको उत्तरी प्रान्त उरुजगानको अशान्त क्षेत्रमा रहेको एक जाँच चौकीमा भएको तालिबान आतंककारीको आक्रमणमा परी कम्तीमा दुई सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका छन्।

सयाै‌को संख्यामा आएका आतंककारीहरुले  आक्रमण गरेका त्यसपछि दोहोरो गोली हानाहान भएको प्रान्तीय प्रवक्ता दोस्त मोहमद नयाबले सिन्ह्वा समाचार समितिलाई बताएका छन्। दोहोरो झडपको क्रममा दुई सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच प्रहरी घाइते भएका नयाबले बताए।

 झडपको क्रममा कैयौ आतंककारीहरु मारिनुको साथै घाइते भएका छन। तर यसको यकीन संख्याका प्रष्ट हुन नसकेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।यद्यपि तालिबानका प्रवक्ता कारी युस्फ अहमदीले स्थानीय सञ्चार माध्यमलाई उरुजगानको चार सुरक्षा जाँच चौकीमा आक्रमण भएको र कैयौ सुरक्षा अधिकारीहरु मारिएका बताएका छन् ।

अफगान सुरक्षाबलले सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको जिम्मा पूर्णरुपमा लिएपछि अफगानिस्तानमा अफगान सुरक्षा अधिकारीहरुको हताहतको बृद्धि भएको छ।

सन् २०१४ को अन्त्यमा अमेरिकी र नेटो सैनिकले अफगान युद्धको सकिएको घोषणा गर्दै त्यहाँबाट प्रायः अमेरिकी र नेटो सैनिक फर्किएपछि अफगानिस्तानको सुरक्षाको भार पूरा अफगान सुरक्षा अधिकारीमा आएको थियो।रासस

 

प्रकाशित: २२ चैत्र २०७४ ०६:३१ बिहीबार

आक्रमणमा दुई अफगान सैनिकको मृत्यु