१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इङ्ल्यान्डको लक्ष्य संकटमा

क्राइसचर्च – न्युजिल्यान्डका ओपनर टम लाथम र जित रावलले सोमबार सम्हालिएको ब्याटिङ गरेपछि दोस्रो टेस्टमा जित हात पार्दै शृंखला बराबरी गर्ने इङ्ल्यान्डको लक्ष्य संकटमा परेको छ।

खराब प्रकाशका कारण निर्धारितभन्दा २४ ओभरअघि चौथो दिनको खेल सकिँदा न्युजिल्यान्ड बिनाक्षति ४२ रनमा खेलिरहेको छ । लाथम अविजित २५ र रावल अविजित १७ रनमा खेलिरहेका छन् । इङ्ल्यान्डले प्रस्तुत गरेको ३ सय ८२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड अझै ३ सय ४० रनले पछि छ।

२३ रनमा खेल्दा जेम्स एन्डरसनको बलमा जेम्स भिन्सेले क्याच जोड्दा जीवनदान पाएका लाथमले ७९ बलमा ३ चौका प्रहार गर्दा ५९ बल सामना गरेका रावलले २ चौका प्रहार गरे।

यसअघि २०२–३ बाट चौथो दिनको खेल सुरु गरेको इङ्ल्यान्डले थप १ सय ५० रन जोड्दै ३५२–९ मा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो । तेस्रो दिनको समाप्तिमा अविजित ३० रनमा खेलिरहेका जो रुट र अविजित १९ रनमा खेलिरहेका डेभिड मालन दुवैले अर्धशतक प्रहार गर्दै इङ्ल्यान्डको इनिङ सम्हालेका थिए।

रुट र मालनले चौथो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए । १ सय २८ बल खेलेका रुटले ४ चौका प्रहार गर्दा १ सय ५ बल सामना गरेका मालनले ७ चौका प्रहार गरे । रुटलाई निल वाग्नरले विकेटकिपर विजे वाटलिङबाट क्याच गराउँदा मालनलाई कोलिन डी ग्रान्डहोमले हेनरिक निकोजालबाट क्याच गराएका थिए।

त्यस्तै विकेटकिपर जोनी बेयरस्टोले ३६ रनको योगदान गरे । ५४ बल खेलेका बेयरस्टोले वाग्नरको बलमा निकोलाजबाट क्याच हुनअघि ५ चौका प्रहार गरे । न्युजिल्यान्डका डी ग्रान्डहोमले ९४ रन खर्चंदै ४ तथा वाग्नर र ट्रेन्ट बोल्टले क्रमशः ५१ र ८९ रन खर्चंदै समान २ विकेट लिए । दुई टेस्टको शृंखलामा न्युजिल्यान्ड १–० ले अघि छ।
 

प्रकाशित: २० चैत्र २०७४ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App