१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोष्टारिकाको राष्ट्रपतिमा कार्लोस अल्भाराडो विजयी

सानजोस– कोष्टारिकाको नयाँ राष्ट्रपतिमा सत्तारुढ दलका उम्मेदवार कार्लोस अल्भाराडो विजयी भएका छन्। सिटिजन एक्सन पार्टी (पीएसी)को तर्फबाट उम्मेदवार भएका अल्भाराडोले ६०.७४ प्रतिशत मत प्राप्त गरेका अधिकारीहरूले जानकारी दिएका छन्। 

कोष्टारिकाको निर्वाचन आयोगले आइतबार राती अल्भाराडो निर्वाचित भएको घोषणा गरेको सञ्चार माध्यमहरूले समाचार संप्रेषण गरेका छन्। 

उनका निकटम प्रतिद्वन्द्वी फाब्रिसिओ अल्भाराडोले कुल खसेको मतको ३९.२६ प्रतिशत मत ल्याउनु भएको आयोगले जनाएको छ। 

प्रतिद्वन्द्वी फाब्रिसिओ ‘नेश्नल रेस्टोरेसन पार्टी’ (पीआरएन)को तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार भएको थिए। उनी इसाई पक्षीय उम्मेदवार मानिन्छन्। यी दुई अल्भाराडोहरूका बीचमा खास कुनै नातेदारको सम्वन्ध छैन। 

नतिजा सार्वजनिक भएपछि आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै पराजित फाब्रिसिओले निर्वाचनको नतिजाले आफ्नो अभियानमा कुनै असर नपर्ने बताए। 

उनले प्रतिपक्षमा रहेरै पनि कोष्टारिकाको समस्या समाधानका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए। 

मध्य अमेरिकी मुलुक कोष्टारिका रुढीबादी मुलुकका रूपमा चिनिन्छ। यस पटक निर्वाचन प्रचार प्रसारका बेला समलिङ्गी विवाहका बारेमा व्यापक बहस र छलफल भएको छ भने मतदाताहरू पक्ष विपक्षमा बाँडिएका छन्। 

पराजित भएका फाब्रिसिओले समलिङ्गी विवाह आफ्नो देशको मुल्य मान्यता विपरित भएको भन्दै त्यसका विरुद्धमा उभिएका थिए।

तर राष्ट्रपतिमा निर्वाचित पूर्व मन्त्री समेत रहेका कार्लोस अल्भाराडोले भने समलिङ्गी विवाहको पक्ष लिएको थिए। 

फाब्रिसिओले निर्वाचनका समय कुनै विकास निर्माणको विषय नउठाइ केबल समलिङ्गी विवाहको विरोधलाई आफ्नो चुनावी एजेण्डा बनाएका थिए। 

प्रकाशित: १९ चैत्र २०७४ १६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App