पेट्रोल र डिजेलको मूल्य बढ्याे

सोमबार, १९ चैत २०७४, १९ : ४३ दिलीप पौडेल

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। डिजेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य बढाएको आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए। अब पेट्रोलको मूल्य लिटरका एक सय पाँच रुपैयाँ र डिजेलको मूल्य ८५ रुपैयाँ पुगेको छ।

इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट मूल्य बढेर आएपछि वृद्धि गरेको निगमले जनाएको छ। समायोजन गरेको मूल्य सोमबार राति १२ बजेबाट कार्यान्वनयमा आउने निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकाले मूल्य समायोजन गरेको निगमले जनाएको छ। मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ। 

मूल्य समायोजन गरेपछि निगमको पाक्षिक नाफा २० करोड रुपैयाँ रहेको छ। यसअघि गत फागुन २० गते निगमले पेट्रोलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको थियो। निगमलाई अहिले  पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ १० पैसा नाफा, डिजेलमा प्रति लिटर ९६ पैसा घाटा र ग्यासमा प्रति सिलिन्डर ६२ रुपैयाँ घाटा रहेको छ। मूल्य समायोजन गर्दा पेट्रोल भारतमा भन्दा २३ रुपैयाँ ६४ पैसा र डिजेल २७ रुपैयाँ ५८ पैसा नेपालमा सस्तो रहेको निगमका प्रवक्ता गोइतले बताए।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad