१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शताब्दी पुरुष जोशीलाई मोटर र सुरक्षा

काठमाडौं– ललितपुर महानगरपालिकाले संस्कृतिविद सत्यमोहन जोशीलाई गाडी र सुरक्षा सुविधा दिएको छ। संस्कृति र सम्पदाहरुको संरक्षणमा सक्रिय जोशीलाई पछिल्लो समय हिड्डुल गर्न असहज हुन थालेपछि यस्तो सुविधा उपलब्ध गराएको हो।

 सोमबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै महानगरका मेयर चिरिबाबु महर्जनले जोशीलाई गाडी र सुरक्षा सुविधा दिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए। उनका अनुसार आगामी वैशाख ३० गते जोशीको ९९ औं जन्मदिन मनाउने तयारीबारे पनि महानगरले चासो दिँदै आएका छ। उक्त जन्मदिनमा सहजता होस् भनेर पनि जन्मदिन अगावै सुविधा हस्तान्तरण गरिएको हो। ‘उहाँले यो महानगर क्षेत्रमा गरेको कामको कुनै लेखाजोखा नै छैन,’ उनले भने, ‘उहाँको संस्कृतिप्रतिको माया र खोज अनुसन्धान अझै पनि कमी देखिएको छैन, वृद्ध उमेरमा उहाँलाई गाडि नहुँदा निकै असहज भयो भन्ने महसुस गरेर गाडि हस्तान्तरण गरेका हौं।’ महानगरका मेयर चिरिबाबु महजर्नका अनुसार जोसी चढ्ने गाडिको सबै खर्च महानगरपालिकाकले ब्यहोर्नेछ। ‘हामीले नै यसको सबै जिम्मा लिन्छौं,’ उनले भने, ‘उहाँको योगदानलाई कदर गरेर यस्तो सहयोग गरेका हौं।’

प्रकाशित: १९ चैत्र २०७४ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App