१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

न्युजिल्यान्डलाई दबाब

क्राइस्टचर्च – जेम्स भिन्से र मार्क स्टोनम्यानको अर्धशतकप्रेरित इङ्ल्यान्डले आइतबार दोस्रो टेस्टमा न्युजिल्यान्डलाई दबाबमा राखेको छ।

तेस्रो दिनको खेल समाप्तिमा इङ्ल्यान्ड २०२–३ मा खेलिरहेको छ र टोलीले २ सय ३१ रनको अग्रता लिएको छ । कप्तान जो रुट अविजित ३० र डेभिड मालन अविजित १९ रनमा खेलिरहेका छन् । ६६ बल खेलेका रुट र ३८ बलको सामना गरेका मालनले समान २ चौका प्रहार गरे।

१९२–७ बाट तेस्रो दिनको खेल सुरु गरेको न्युजिल्यान्डले थप ८६ रन जोड्दा बाँकी तीन विकेट गुमाएपछि इङ्ल्यान्डले पहिलो इनिङमा २९ रनको अग्रता लिएको थियो।

दोस्रो दिन अविजित ७७ रनमा खेलिरहेका विजे वाटलिङ थप ८ रन जोड्दा जेम्स एन्डरसनको बलमा बोल्ड भए । २ सय २० बल खेलका वाटलिङले ११ चौका र १ छक्का प्रहार गरे । टिम साउथीले ५० रनको योगदान दिए  । ४८ बलको सामाना गरेका साउथीले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै निल वाग्नरले अविजित २४ रन जोडे ।२७ बल खेलेका वाग्नरले २ चौका र १ छक्का प्रहार गरे।

इङ्ल्यान्डका स्टुवार्ट ब्रोडले ५४ रन खर्चंदै ६ र जेम्स एन्डरसनले ७६ रन खर्चंदै ४ विकेट लिए । आइतबारै दोस्रो इनिङ सुरु गरेको इङ्ल्यान्डले गतिलो सुरुआत गर्न सकेन । नवाैं ओभरको चौथो बलमा तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ओपनर एलेस्टर कुक (१४) लाई  विकेटकिपर विजे वाटलिङबाट क्याच गराएपछि  इङ्ल्यान्डको सुरुआत गतिलो बन्न सकेन।

कुकले पहिलो इनिङमा पनि मात्र २ रन जोडेका थिए । तर दोस्रो विकेटका लागि अर्का ओपनर स्टोनम्यानले भिन्सेसँग १ सय २३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । बोल्टको बलमा रस टेलरबाट क्याच हुनुअघि १ सय २८ बलमा १० चौकाको मद्दतमा ७६ रनको योगदान दिए । त्यस्तै १ सय ३९ बलको सामना गरेका स्टोनम्यानले ६ चौकाको मद्दतमा ६० रन जोडे । स्टोनम्यानलाई टिम साउथीले वाटलिङबाट क्याच गारएका थिए । न्युजिल्यान्डका बोल्टले २ र साउथीले १ विकेट लिए । दुई टेस्टको शृंखलामा न्युजिल्यान्ड १–० ले अघि छ।

प्रकाशित: १९ चैत्र २०७४ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App