१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नाम्चेमा सेनाको सरसफाइ

सोलुखुम्बुको नाम्चे बजारमा सरसफाइ गर्दै सैनिक।  तस्बिर : राधा/नागरिक

सोलुखुम्बु – पर्यटकीय नगर नाम्चेबजार क्षेत्रमा नेपाली सेनाको अगुवाइमा सरसफाइ गरिएको छ। आइतबार सबै बजार क्षेत्रमा सरसफाइ गरिएको स्थानीय पर्यटन व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिए।

पर्यटकीय सिजन सुरु भएका बेला बजारमा फोहोर बढ्न थालेपछि पर्यटकमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बजारमा सरसफाइ गरेको नेपाली सेनाको श्रीशमशेर गुल्म नाम्चेका गुल्मपति रत्नकेशर खड्काले बताए। उनले भने, ‘सगरमाथाको प्रवेशद्वारका रुपमा चिनिने नाम्चे बजारमा सरसफाइ गर्नु सबैको दायित्व सम्झेर सेनाले अग्रसरता लिएको हो।’ बजार क्षेत्रमा रहेका गुम्बा, बाटोलगायत सम्पूर्ण सार्वजनिक स्थलको सरसफाइ गरिएको उनले बताए। 

पर्यटकको चाप बढेसँगै पर्यटक तथा तिनका सहयोगीले प्रयोग गरेका सामग्रीले बजारमा फोहोर बढ्ने गरेको छ। अहिले नाम्चेमा पर्यटकको चाप दिनप्रतिदिन बढ्न थालेको छ। अहिले दैनिक करिब तीन सयको हाराहारीमा पर्यटक आउने गरेको शेर्पाले बताए। सामान्यतया खुम्बु क्षेत्रको सरसफाइको काम सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेले गर्ने गरेको छ। 

प्रकाशित: १९ चैत्र २०७४ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App