१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सेटिङ मिलाएर तस्करी गर्न खोज्ने भारतीय पक्राउ

इटहरी– सेटिङ मिलाएर सीमापारिबाट नेपालमा मालसामान भित्रयाउन खोज्ने एक जना भारतीय नागरिक आइतबार पक्राउ परेका छन्।

भारत अररीया जिल्ला बासमतिया पञ्चायत वडा नं. ४ का ४९ बर्षीय विद्यानन्द साह जिल्ला प्रहरी कार्यालय सुनसरीबाट पक्राउ परेका हुन्। उनी नामूद कपडा तस्कारीमा संलग्न भएको खुलेको छ। प्रहरीसँग पहुँच बढाएर २५ हजार पैसा दिने तयारीका साथ प्रहरी कार्यालयमा आएका साहलाई पक्राउ गरिएको निम्ति जिल्ला प्रहरी प्रमुख डिएसपी नारायण चिमरियाले बताए। पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको छ। 

खुल्ला सीमानाका कारण सुनसरीका क्षेत्रबाट तस्करी हुने गरेको छ। प्रहरीका अनुसार, पछिल्लो समय कडाई गरिएको  छ। कडाई गरिएपछि प्रहरीलाई सेटिङ् मिलाएर नेपाल भित्र्याउने योजना बनाएर प्रहरी कार्यालयमै पुगेका साहलाई पक्राउ गरिएको हो । 

व्यापारीहरुले सुनसरी क्षेत्रबाट कस्मेटिक आइटम, तयारी पोशाक, मल, किराना आइटमका सामान,  खाद्यान्न लगायतका सामान सीमापारिबाट नेपाल भित्र्याउने गरेका छन्। कृषि आइटमका समान भने पश्चिमको नारायणगढ सम्मका व्यापारीले भित्रयाउने गरेको गुनासो सुनिने गरेको छ। कतिपय कृषि आइटमका सामान काठमाडौंसम्म समेत व्यापारी मार्फत पुग्ने गरेको छ। 

 

प्रकाशित: १८ चैत्र २०७४ १५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App