१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कुम्मायक गोल्डकप वैशाख २० देखि

पाँचथर – पाँचथरकाे यासोक बजारमा तीन वर्षमा लाग्ने त्रिशाली मेलाको अवसरमा दोश्रो कुम्मायक–कुसायक गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। दोश्रो संस्करणको प्रतियोगिता वैशाख–२० गतेबाट सञ्चालन गर्ने आयोजक रानीगुफा सेवा समाजले जानकारी दिएको छ।

ऐतिहासिक रुपमा तीन वर्षमा लाग्ने मेलाको अवसर पारेर काठमाण्डौं, भारत र  प्रदेश– १ का टिमलाई सहभागी गराई प्रतियोगिता गराउने तयारी गरेको हो। आर्थिक व्यवस्थापन, मैदान व्यवस्थापन लगायतका तयारी भइरहेको समाजका सचिव टंक पौडेलले जानकारी दिए।

प्रतियोगितामा सहभागि आठ टिमको नाम सार्वजनिक गरीएको छ। जस अनुसार  डिवाईन ब्वाईज युनियन काठमाडौं, चर्च ब्वाईज काठमाडौं, विर्ता युनाइटेड झापा, सुनसरी–११, मोरङ–११, जिल्ला फुटवल संघ ताप्लेजुङ, कञ्चनजंगा  फुटबल क्लब सिलगुडी र आयोजक प्रतियोगितामा भिड्ने छन्। यी टिमले अनूभवी खेलाडी मैदानमा उतार्ने आयोजकको भनाई छ। 

प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँ र ट्रफि पाउने छ। उपविजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र ट्रफिमा चित्त बुझाउन पर्ने छ। यो नगद पुरस्कार जिल्लाको हालसम्मको धेरै हो। विधागत पुरस्कार समेत राखिएको छ। प्रतियोगिताको फाइनल वैशाख २६ गते हुने छ। प्रतियोगितामा करिव २९ लाख खर्च लाग्न सक्ने आयोजकको अनुमान छ। ग्रामिण क्षेत्र भएपनि प्रतियोगितलाई भव्य बनाउने कसरत भइरहेको पौडेलले बताए।

प्रकाशित: १८ चैत्र २०७४ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App