१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हेलिकप्टरमा गाउँ फर्किइन मलाला

इस्लामावाद – नोबेल पुरस्कार बिजेता मलाला युसुफजाई स्वदेश फर्किएकी छन्। सन् २०१२ मा तालिवानी लडाकुको गोली प्रहारपछि बेलायतमा बसिरहेकी मलाला पहिलोपटक शनिबार आफ्नो गाउँ फर्किएकी हुन्।

२० बर्षीया मलाला हेलिकप्टरबाट सिधै स्वाट उपत्यकास्थित मिन्गोराको आफ्नो घर र त्यहाँबाट आफूले अध्ययन गरेको स्कुल पुगेकी थिइन।

मलालालाई सोही स्कुलबाट घर फर्कने क्रममा ५ वर्षअघि तालिवानी विद्रोहीले गोली प्रहार गरेका थिए।
आफूले अध्ययन गरेको विद्यालय पुगेर उनले आफ्ना गुरु लगायत त्यहाँ भेला भएका सबैलाई धन्यबाद दिएकी थिइन्।

बिद्यालयको स्वागत पुस्तिकामा हस्ताक्षर गर्दै उनले लेखेकी छिन, यो मेरो आफ्नै गाउँको ५ वर्ष पछिको भ्रमण हो। मलार्इ धेरै खुशी लागेको छ। म मेरो भुमि र संस्कृतिप्रति सधै गौरव गर्छु। हाम्रो बिद्यालय धेरै राम्रो छ, मलार्इ स्वागत गर्नु भएकोमा सबै जनालार्इ धन्यबाद। शुभकामना र प्रार्थना।
उच्च सुरक्षाबीच मलाला युसुफजाई गत मंगलबार बेनजिर भुट्टो अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन्।

उनी सानै उमेरदेखि महिला शिक्षा र समानताका मुद्दामा कलम चलाइरहेकी छिन। मलाला नोबेल शान्ति पुरस्कार पाउने पहिलो पाकिस्तानी पनि हुन।

प्रकाशित: १७ चैत्र २०७४ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App