१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कूटनीतिक अधिकारीको सङ्ख्या घटाउन रूसको आग्रह

मस्को - रूसले बेलायतलाई हाल रहेको कूटनीतिज्ञको सङ्ख्या घटाएर रूसका बेलायतस्थित अधिकारीको समान बनाउन आग्रह गरेको छ।

पूर्व विदेशमन्त्री सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ बर्षीया छोरीको बेलायतमा रूसद्वारा गरेको हत्या प्रयासपछि बेलायत, अमेरिका लगायत केही यूरोपेली मुलुकले रूसविरुद्ध लिएको नीतिप्रति प्रतिक्रिया जनाउँदै रूसी विदेशमन्त्रालयले बेलायतलाई  उसका कूटनीतिक अधिकारीको सङ्ख्या घटाएर समान बनाउन  अनुराेध गरेका हुन्।

विदेश मन्त्रालयले रूसका लागि बेलायती राजदूत लौरी ब्रिष्टोलाई मन्त्रालयमा बोलाई बेलायतले उत्तेजनात्मक तथा असङ्गतपूर्ण बदला लिन खोजेको र यसको रूसले कडा प्रतिकार गर्ने बताएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

उक्त बिषयलाई लिएर यस पहिले बेलायतले २३ जना रूसी अधिकारीलाई सात दिनभित्र देश छाड्न निर्देशन दिएको थियो भने रूसले पनि त्यति नै सङ्ख्यामा बेलायती अधिकारीलाई पर्काइदिएको थियो।

यसै शिलशिलामा अमेरिका, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्ड लगायतका मुलुकले पनि फरक फरक सङ्ख्यामा रूसी कुटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय लिएका छन् भने रूसले  मुलुकका समान अधिकारीलाई स्वदेश फिर्ता पठाउने निर्णय लिएको छ।रासस

 

प्रकाशित: १७ चैत्र २०७४ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App