१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफ्रिन सहर अर्धसैन्य लडाकूको नियन्त्रणमा

दमासकस – सिरियाको उत्तरी क्षेत्रस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा नियन्त्रणमा लिइएको छ। यहाँका अर्धसैन्य लडाकूले सो सहर नियन्त्रणमा लिएका हुन्। 

उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार हालै आएको थियो। गत बुधबार सेनाले सो भागलाई पूर्णरुपमा नियन्त्रणमा लिएको जानकारी दिएको छ। 

टर्कीले अफ्रिनमा हिंसा मच्चाइरहेको कुर्द लडाकू समूह वाईपीजीलाई गएको दुई महिनादेखि निशानामा पारेको थियो। उक्त समूहलाई टर्कीले आतंकवादी भनेको छ। 

अफ्रिन टर्कीको सेनाको सहयोगमा रहेको टर्की समर्थित लडाकू सहरको मुख्य भागमा पुगेका थिए। टर्की र सिरियाको सीमावर्ती सहर हो। 

सिरियाको पूर्वी गुटा क्षेत्रमा टर्की र सिरियाली सेनाले संयुक्तरुपमा कारबाही थाल्नुभन्दा केही समय अघि नै यहाँ टर्कीको सेनाको सहयोगमा टर्की समर्थित लडाकू समूहले कारबाही सुरु गरेका थिए। 

प्रकाशित: १६ चैत्र २०७४ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App