१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विद्रोही र उनका परिवारसहित सात हजारले गुटा छोडे

दमासकस – सिरियाको राजधानी दमासकसबाट पूर्वीभागमा पर्ने गुटा क्षेत्रबाट विद्रोही र उनका परिवारसहित करिब सात हजार तीन सय जनालाई सुरक्षित स्थानमा सरिएको छ। 

उनीहरूले गुटा क्षेत्र छोड्न पाउने रोजाई सरकारले दिएको थियो। सिरियाद्वारा सञ्चालित समाचार समिति सानाले शुक्रबार सो कुराको जानकारी दिएको छ। 

सिरियाली विद्रोही समूह र सिरियाली सरकारबीच भएको सम्झौताअनुसार उनीहरुलाई गुटा छोडेर अन्यत्रै बस्न दिने भनिएको थियो। 

यसमा एक हजार २३४ जना विद्रोही र उनीहरुका परिवारजन रहेका छन्। उनीलाई उनले रोजेकै स्थान उत्तरी सिरियामा लगिएको बताइएको छ। 

सिरियाली सरकारले प्रमुख सहर पूर्वीगुटा, नामेली जमाल्का, आर्बिन, जोबार, आयु तर्मा, सहरबाट विद्रोहीलाई अन्यन्त्र सार्ने काम गर्र्दै आएको छ। 

हाल रुसको समर्थन रहेको सिरियाली सैन्य बलले विद्रोहीको नियन्त्रणमा रहेको ९० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ। 

केही महिनायता पूर्वीगुटामा रुसी समर्थनमा सिरियाली सैन्यले गर्दै आएको हवाई कारबाहीमा परी सयौँ सर्वसाधारणले ज्यान गुमाएपछि रुस र सिरिया सरकारले त्यहाँ युद्ध विरामको घोषणा गरेका थिए। 

सिरियामा त्यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सन् २०११ मा जनआन्दोलन सुरु भएको थियो। पछि यहाँ गृहयुद्धमा नै सुरु भएको छ र त्यो अहिले पनि जारी छ। 

प्रकाशित: १६ चैत्र २०७४ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App