१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित

नेपित्व – म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित भएका छन् उनी सत्तारुढ दलका तर्फबाट उम्मेदवार थिए। 

सन् १९४८ पछि उनी म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्। संसदमा ६३६ जना सांसदले मतदान गरेकोमा उनले ४०३ मत प्राप्त गरेका थिए। 

म्यानमारको युनियन संसदले बुधबार उनलाई म्यानमारको राष्ट्रपतिमा निर्वाचित गरेको हो । उनले म्यानमारको सभामुख भएर काम गरिसकेका छन्। 

उनीसँगै उठेका अर्का दुई उम्मेदवारमध्ये एकजनाले २११ र अर्काले १८ मत मात्र प्राप्त गरेका थिए। 

म्यानमारका पूर्व राष्ट्रपति उ तिन कायले गत हप्ता राजीनामा दिएपछि त्यहाँका उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिका रुपमा रहेर काम गरिरहेका थिए।
उनले आफ्नो स्वास्थ्यका कारण राजीनामा दिएका थिए। 

प्रकाशित: १४ चैत्र २०७४ १०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App