१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रेमी–प्रेमिकाकै लिंग परिवर्तन

आयरल्यान्डकी जेमी ओ हरलिही नाम गरेकी सुन्दरी पहिले युवक थिइन् । तर, उनलाई आफू वास्तवमा युवती हुँ भन्ने लाग्यो र उनले लिंग परिवर्तन गराइन् । लिंग परिवर्तनपछि उनले प्रेमीको खोजी गरिन्, तर पाइनन् ।

अन्त्यमा उनको भेट ह्यारी म्याथुस नाम गरेका युवकसँग भयो । ह्यारी चाहिँ पहिले युवती थिए । लिंग प्रत्यारोपण गरेर उनी केटा भएका थिए ।  लिंग परिवर्तन गर्ने यी दुई विपरीत लिंगीले एकअर्कालाई रुचाए ।

र, अहिले दुवैजना प्रेमी–प्रेमिका भएर सुखमय जीवन बाँचिरहेका छन् । ‘हामी दुवैजना एउटै खालको समय  र प्रक्रियाबाट गुज्रिएका छौँ, त्यही भएर हाम्रो बुझाइमा धेरै समानता छ । यसले हाम्रो प्रेमसम्बन्धलाई प्रगाढ बनाएको छ,’ ह्यारीले भने ।

 

प्रकाशित: ६ भाद्र २०७३ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App