१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

महान धावक बन्दै बोल्ट

रियो दी जेनेरियो– चार वर्षअघि लन्डन ओलम्पिकको स्प्रिन्टमा दुई स्वर्ण पदक जितेपछि जमैकन धावक उसेन बोल्टले आफूलाई प्रसिद्ध खेलाडी बनेको घोषणा गरेका थिए । ती दुवै पदक तेस्रोपटक जितेपछि बोल्टले आफूलाई महान (सबैभन्दा ठूलो) खेलाडी भएको बताएका छन् ।

२९ वर्षे धावकले रियो ओलम्पिकको २ सय मिटर दौड १९.७८ सेकेन्डमा पूरा गर्दै शुक्रबार बिहान स्वर्ण पदक जितेका छन् । ओलम्पिकमा त्यो उनको आठौं स्वर्ण पदक हो । यसै साता उनले १ सय मिटरमा पनि स्वर्ण जितेका थिए । ‘मैले गर्न सक्ने यो भन्दा बढी केही छैन,’ लगातार तीन ओलम्पिकको छोटो दुरीमा २–२ स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेका उनले भने, ‘म महान खेलाडी हँु भन्ने मैले विश्वसामु प्रमाणित गरिसकेको छु । मैले यहाँ जे गरेँ, म त्यसका लागि नै यहाँ आएको हुँ । मैले वर्षभर गरेको मिहिनेतको फल हो । उत्कृष्टहरूको बीचमा उत्कृष्ट हुन मैले मिहिनेत गरेको हुँ ।’

अघिल्लो दिन उनले आफूले विश्व कीर्तिमानका लागि प्रयास गर्ने बताएपछि शुक्रबारको माहौल निकै उत्साहपूर्ण बनेको थियो । तर उनले २००९ मा बनाएको १९.१९ को आफ्नै कीर्तिमान भने तोड्न सकेनन् । २ सय मिटरमा शुक्रबारको उनको प्रदर्शन तुलनात्मक रूपमा ढिलो हो ।
‘विश्व कीर्तिमान तोड्नु सहज हुँदैन भन्ने मैले थाहा पाएँ । किनकि जति बेला म कर्नरमा आएँ मेरा खुट्टाहरूले निर्णय गरिसकेका थिए । सुनँ

हामी धेरै छिटो दौड्ने छैनौं । त्यसले म धेरै खुसी छैन, तर स्वर्ण पदक जितेकोमा भने खुसी छु ।’ आइतबार ३० वर्षमा प्रवेश गर्न लागेका बोल्टले यसलाई खेलजीवनको अन्तिम ओलम्पिक भएको बताएका छन् । शनिबार उनले जमैकालाई ४ गुणा १ सय मिटरको रिलेमा स्वर्ण पदक दिलाए भने उनले तीनै ओलम्पिक (बेइजिङ, लन्डन र रियो) मा ३–३ स्वर्ण पदक जित्नेछन् । यदि त्यसमा सफल भए भने उनले फिन पाभो नुरुमी र अमेरिकी स्प्रिन्टर कार्ल लेविसको ९ स्वर्ण पदकको कीर्तिमानसँग बराबरी गर्नेछन् । नुरुमी १९२० को दशकका मध्यम र लामो दुरीका धावक थिए ।

बोल्टले अर्को वर्ष लन्डनमा हुने विश्व च्याम्पियनसिपमा १ सय मिटर र रिलेमा दौड्ने बताएका छन् । अलिक शंका रहेको २ सय मिटरमा पनि सहभागी गराउन बोल्टका प्रशिक्षकले उनलाई सम्झाउने सम्भावना रहेको बताइएको छ । महत्वपूर्ण प्रतियोगितामध्ये २००७ मा उनी अमेरिकी टाइसन गेसँग २ सय मिटरमा पराजित भएका थिए । त्यस्तै २०१२ को जमैकन ट्रायलमा उनी योहान ब्लेकसँग हारेका थिए ।

तथापि २००७ पछि उनले ओलम्पिकमा लगातार तीन र विश्व च्याम्प्यिनसिपमा लगातार चारपटक स्वर्ण पदक जितिसकेका छन् ।
‘कडा मिहिनेत र संकल्प भए के गर्न सकिन्छ भन्ने मैले विश्वसामु प्रमाणित गरिसकेको छु,’ उनले भने, ‘मैले यो खेललाई थप उत्साहजनक बनाएको छु । यो खेल हेर्न जनता उत्साही भएका छन् ।

जनता यो खेल हेर्न चाहन्छन् । मैले यसलाई फरक स्तरमा पु¥याएको छु ।’ बोल्टले आउने दिनमा एथलेटिक्ससँग जोडिरहने इच्छा व्यक्त गरेका छन् । तर प्रशिक्षक बन्ने उनको चाहना छैन । पछिल्लो समय भ्रष्टाचार र डोपिङका कारण आलोचित बन्दै आएको एथलेटिक्सलाई सही बाटोमा लान आफ्नो उपस्थिति महŒवपूर्ण हुनसक्ने उनको अनुमान छ ।

‘यसको भविष्य राम्रो छ,’ उनले भने, ‘मलाई लाग्छ युवा खेलाडीले प्रगति गरिरहेका छन् । क्रिस्टोफे लिमेटे« र आन्द्रे डी ग्रेसे सही ढंगले अघि बढिरहेका छन् ।’ बोल्टले स्वर्ण जितेको २ सय मिटरमा लिमेट्रेले रजत र ग्रेसेले कांस्य पदक जितेका थिए । उनले थपे, ‘मलाई लाग्छ एथलेटिक्स सही बाटोमा छ र यसले अझै राम्रो गर्नेछ ।’

 

प्रकाशित: ४ भाद्र २०७३ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App