१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुकुम्बासी बस्तीमा सेनाको हेडक्वाटर,पीडित परिवार विस्थापित

महोत्तरी– वर्षौदेखि भोगचलन गर्दै आएको खेतियोग्य ६१ विगाहा एलानी जग्गा नेपाल सरकारले प्रदेश नं. २ स्तरिय नेपाली सेनाको मध्य पूर्वी हेडक्वाटर निर्माणका लागि हस्तान्तरण गरि दिएपछि बर्दिवास नगरपालिका क्षेत्रभित्र छरिएर वसोवास गर्दै आएका सयौं सुकुम्वासी परिवारको विचल्ली भएको छ।

सेनालाई हस्तान्तरण गरिएको दुई सय ८७ विघा १२ कठ्ठा साँढे १६ धुर जग्गा मध्ये ६० विग्हा जग्गा वर्दिवास नगरपालिकाको विभिन्न वडामा वसोवास गर्ने सुकुम्वासीहरुले खनजोत गरि जिविकोपार्जन गर्दै आएकै जग्गा परेकोले आफूहरुको विल्लीवाठ भएको बर्दिवास नगरपालिका ८ हातिलेट स्थिति सुकुम्वासी वस्तीका राम बहादुर दर्लामीले बताएको छ। 

सरकारले हामी गरिव सुकुम्वासीको जिविकोपार्जन कसरी चल्ने साच्दै नसोचि वर्षौदेखि खन जोत गर्दै आएको खेतियोग्य जग्गा नै नेपाली सेनालाई लालपुर्जासहित हस्तान्तरण गरिदिए पछि अव हाम्रो गुजारा कसरी चल्ने चिन्ताले सताउने थालेको दर्लामीले बताएको छ। 

‘खोलाको वगरमा गिटि कुटेर , वालुवा र गिटि संकल्न गरि वेचेर र ज्यालादारी गरि जिवको पार्जन गर्नु पर्ने बाध्यता त छदै थियो, आफुले खन जोत गर्ने पौने दुई विग्हा खेत सरकारले लि दियो ’ दर्लामीले भने ‘हामी सुकुम्वासीहरुको गुजारा कसरी चल्ने होला?’  

एलानी जग्गालाई खेती योग्य जग्गा वनाउन रगत पसिना एक गरेर मिहिनेत गरेका थियौं, सरकारले हाम्रो ती मिहिनेत पसिनाको रतिभर पनि मर्म बुझिदिएन, हामी कसरी बाच्ने होला? दर्लामीले टाउँकोमा हात राखि दुखेसा पोख्दै भने, ‘त्यही एलानीजग्गा खनजोत गरेर सारा परिवारको भरन पोसन गर्दै आएको थियौं।’ 

सरकारले हामी सुकुम्वासीलाई यो देशको नागरिक नै ठानेका छैन जस्तो अनुभूति पो हुन थालेको उनले सुनाए। अहिले खेतीयोग्य जग्गा सेनालाई दियो कुनै दिन पुस्तौ पुस्तादेखि बस्दै आएको घरसमेत सरकारले लि देला ठेगान छैन। 

नेपालीसेनाको पृतना वनाउने नाउँमा हामी गरिवको पेटमा लात हान्ने काम गरेको सोहि वस्तीका पवन विश्वकर्माले बताए।  ‘हाम्रो जिवको पार्जनकै साधन खेतनै सेनाको नाउँमा लालपुर्जा बनाएर हस्तान्तरण गरि दिएपछि हामी घरको न घाटको भएका छौं,’ विश्वकर्माले थपे ‘हाम्रो सम्पतिको नाउँमा तिन चपरी जग्गा छैन, भोग चलन गर्दै खनजोत गर्दै आएको जग्गा सबै नेपाली सेनाको पृतनालाई हामीलाई सोध्दै नसोधी हस्तान्तरण गरि दियो, यो अन्याय हो।’ 

हामीले भोग चलन गर्दै आएको जग्गा राजनीतिक दलले निर्णय गरेर सेनाको नाउँमा पास गरि दिए यो कहाँको न्याय हो? विश्वकर्माले आक्रोशित हुँदै घर अगाडी नाप्न आउँदा प्रतिवाद गरेपनि खेतियोग्य जग्गा वचाउन नसकिएको पछुतो मान्नु वाहेक केहि गर्न नसकेको सुनाए। 

हाम्रो अवाज सुनि दिने कोहि भएन, हामीलाई सरकारले नै विचल्लीमा पार्ने गरि उठीवास नै गराउने हिसावले हाम्रो खन जोत गरेको जग्गा खोसि दिएको छ। हामीले धेरे मिहिनेत गरेर एक विग्हा जग्गा चर्चियाको थिए, त्यसैमा विभिन्न वालिहरु लगाएर आफनो परिवारको जिवन धान्दै आएका थियौं, त्यहि भएर यति सजिलै सरकारले हामीलाई उठिवास गराउनु ठिक नभएको उनले तर्क गरे। हामीले मिहिनेत गरेर चर्चियाको जग्गाको मुआब्जा दिएर मात्र हाम्रो जग्गासेनालाई हस्तान्तरण गर्नुपर्ने आफूहरुको माग रहेको उनले सुनाए। 

सुकुम्वासी वस्तीहरुमा अधिकांश दलित समुदायको वसोवास छन। एक छाक खाए अर्को छाकको लागि चिन्ता भइ रहेको अवस्थामा सरकारले छाक मै छेकवार लगाउने काम गरि दिएको छ। नेपालका हरेक नागरिकले स्वतन्त्र भएर खान लाउन वस्न पाउने उनको अधिकार हो तर सरकारले हामी गरिवको गाँसवासँको जोहो नै खोस्न खोज्नु मानव अधिकारको समेतउल्ल्घंन भएको विश्वर्कमाले बताए। सुकुम्वासी पनि यहि देशको नागरिक हो भन्ने कुरा सरकारले वुझिदिनु पर्छ। 

सुकुवासी वस्तीकै नरवहादुर खनालले घर अगाडीकै जग्गा नक्सांकन गरि सेनालाई हस्तान्तरण गरि दिएर सरकारले हामी सुकुम्वासी संग अन्याय गरेको बताएको छ। हामी निमुखाको आवाज कसैले नसुनेको उनले सुनाए। हाम्रो भोग चलन रहेको जग्गाको उचित मुआब्जा नदिएर आफनो जग्गा नेपाली सेनालाई दिन खोजे त्यसको विरोधमा उत्रने चेतावनी सुकुम्वासी वस्तीका स्थानियले दिएको छ।

प्रदेश नं. २ स्तरीय नेपाली सेनाको मध्य पूर्वी हेडक्वाटर निर्माणका लागि गरिएको सिंमाकन अनुसार वर्दिवास नगरपालिका वडा नं. १३ विजलपुरा, वडा नं. ९ पशुपतिनगर, वडा नं. ८ हातिलेट विजयीवस्ती, गिरिटोल, वडा नं. ७ किसाननगरमा वसोवास गर्दै आएको सुकुवासीहरुको भोग चलन रहि आएको ६१ विग्हा जग्गा र २२ वटा घर परेको जग्गाको लाल पुर्जा नेपालीसेनाको नाउँमा हस्तान्तरण गरिको सुकुम्वासी वस्तीका वासिन्दाको भनाई छ। 

यसैबीच राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रिय सदस्य फौदसिंह स्याङ्गवाले सुकुवासीहरुलाई उठिवास नै गर्न नहुने तर्क गर्द वर्षौ देखि भोग चलन गर्दै जग्गाको ती सुकुम्वासीहरुलाई उचित त मुआब्जा दिनै पर्छ। यसका साथै सुकुम्वासीको व्यवस्थापन गर्नु पर्ने दायित्व पनि सकारकै रहेको उनले तर्क गरे। 

यसैबीच पृतना निर्माणका लागि जग्गा हस्तान्तर भए पश्चात एक महिना अघि मात्र वर्दिवास नगरपालिका ७ किसाननगरमा स्थापना भएको युद्धकबज गणका मेजर पुकार वस्नेतले सुकुम्वासीहरुको घर जग्गा नपर्ने गरि सिंमाकन गरिएको बताएको छ। 
नेपाल सरकारले सात प्रदेशमा नेपाली सेनाको पृतना स्थापनाका लागि सरकारको नाममा रहेको जग्गा उपलब्ध गराउन  मन्त्रिपरिषदले पौष २० गते निर्णय गरे अनुसार प्रदेश नम्बर २ स्तरीय नेपाली सेनाको मध्य पूर्वी हेडक्वार निर्माणका लागि महोत्तरीको बर्दिबास स्थित मालपोत कार्यालयले नेपाली सेनालाई  फाल्गुन ८ गते मंगलबारका दिन दुई सय ८७ विघा १२ कठ्ठा साँढे १६ धुर जग्गाको लालपुर्जा हस्तान्तरण गरेको थियो।

नेपाली सेनाका प्रदेश नम्बर दुईका पृतना प्रमुख उपरथी ईश्वर हमाललाई मालपोत प्रमुख चन्द्रबहादुर भण्डारीले उक्त जग्गाको लालपुर्जा हस्तान्तरण गरेको थियो। सार्वजनिक बाटो र बस्ती बाहेकका स्थानमा बर्दिबास नगरपालिकाको बिजलपुरा, बर्दिबास, पशुपतिनगर  र किसानगरको बीचमा नेपाल सरकारको नाममा रहेको जग्गा सरकारको निर्णय अनुसार नेपाली सेनालाई प्रदान गरिएको हो। पृतना निर्माणको लागि तत्कालको लागि  तीन करोंड ७५ लाख बजेट समेत आईसकेको जनाइएको छ। 

प्रकाशित: २३ फाल्गुन २०७४ ११:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App