१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर एकको मृत्यु

महोत्तरी – करेन्ट लागेर महोत्तरीको जलेश्वर नगरपालिका ४ सुगा घर भएका ६० वर्षिय सुरेश मिश्रको मृत्यु भएको छ।

जलेश्वर मटिहानी सडक खण्ड अन्र्तगत पर्ने सुगा चौकमै किराना पसल संचालन गर्दै आएका मिश्रको सडकमा पानी छर्कनका लागि मोटरमा लाईन जोडने क्रममा विद्युत प्रवाह भई करेन्ट लाग्दा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक मिश्रको शवपरीक्षण पश्चात दाह संस्कारका लागि परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०७४ १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App