१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकाले चीनलाई हम्बनटोटा बन्दरगाह प्रयोग गर्न दिने

कोलम्बो – श्रीलंकाले हम्बनटोटा समुद्री बन्दरगाह चीनलाई प्रयोग गर्न दिने भएको छ। हम्बनटोटा विकास तथा नियन्त्रण आयोजनाका लागि दुई देशबीच १.१ अर्ब डलरको सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतासँगै चीनले उक्त बन्दरगाह ९९ वर्षका लागि लीजमा पाउनेछ। साथै १५ सय एकड जमीन औद्योगिक क्षेत्रका लागि प्राप्त गर्ने बताइएको छ।

बन्दरगाह चिनियाँ सेनाले प्रयोग गर्न सक्ने भन्दै चिन्ता जाहेर भएका बेला श्रीलंकाली सरकारले चीनले व्यापारिक कारोबार मात्र गर्ने विश्वास दिलाउँदै सम्झौता गरेको बीबीसीले जनाएको छ। श्रीलंकाका प्रधानमन्त्री रनील विक्रमसिंघेले सुरक्षामा कुनै प्रभाव नपर्नेगरी मुलुकको हितमा सम्झौता गरिएको बताए।

यो बन्दरगाह एशिया र युरोपको समुन्द्री सामान ओसारपोसार गर्ने मुख्य मार्गको निकटमा पर्छ।

श्रीलंकामा गृहयुद्ध अन्त्य भएसँगै सन २००९ देखि चीनले ठूलो लगानी गरेको छ।

प्रकाशित: २२ फाल्गुन २०७४ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App