१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका विशेषदूतले किम जोंग उनलाई भेट्ने

सोल – अमेरिका र उत्तर कोरियाबीच आगामी केही दिनमा वार्ताको वातावरण तयार पार्नका लागि भन्दै मध्यस्थता गर्न उत्तर कोरिया पुगेका दक्षिण कोरियाली विशेषदूतले उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्ने भएका छन्।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनका विशेषदूतका रुपमा सोमबार विशेष विमानमार्फत उत्तर कोरिया पुगेका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख युइ–योङले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्ने र उनसँग रात्रिभोजमा पनि सहभागी हुने कार्यक्रम तय भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

योङले नेतृत्व गरेको भ्रमण दलमा १० जना सदस्य रहेका छन्। 

दक्षिण कोरियाका राष्ट्रपतिका प्रवक्ता किम इयु क्योमले सोमबार पत्रकार सम्मेलनमा गर्दै विशेषदूतको टोलीले सोमबार साँझ नै उत्तरका नेता किमसँग भेटवार्ता तथा रात्रिभोज गर्ने बताए।

विशेष दूतले उत्तर कोरियाली अधिकारीसँग अमेरिका, विश्व समुदाय तथा दुई कोरियाली मुलुकको आपसी हितका विषयमा विभिन्न चरणमा गरिने वार्ताका लागि वृहत् छलफल गर्ने बताइएको छ।

त्यसैगरी दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले उक्त प्रतिनिधिमण्डलको मुख्य उद्देश्य प्योङयाङ र वासिङटनबीचको वार्ताका लागि मध्यस्थता गर्ने रहेको सङ्केत गरेको छ। 

साथै प्रतिनिधिमण्डलले उत्तर कोरियाली नेता किमलाई भेट्ने र आवश्यक परामर्श गर्नुका साथै पछिल्लो समयमा विकसित भएको सम्बन्ध सुधारका केही कार्यक्रमहरुमा थप बल पु-याउने रहेको पनि समाचारमा जनाइएको छ। 

हालैमात्र पनि उत्तर कोरिया दक्षिण कोरियासँग विनाशर्त वार्ता गर्न इच्छुक रहेको कुरा बाहिर आएको थियो। तर त्यस विषयमा दक्षिणको कुनै प्रतिक्रिया भने आएको छैन। 

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ। 

यस खेलकूदको उद्घाटन र समापन समारोहका क्रममा उत्तर कोरियाले आफ्नो देशको तर्फबाट उच्चस्तरीय प्रतिनिधि दक्षिण कोरिया पठाएको थियो। ती प्रतिनिधिहरुबाट भएका वार्ता र भ्रमण आदानप्रदानबाट यी दुई देशबीच सम्बन्धमा सुधार आएको पाइएको समाचारमा जनाइएको छ। 

यसै खेलकूदका समयमा विकसित सम्बन्धका कारण उत्तर कोरियाले दुई देशबीच उच्चस्तरीय बैठकका लागि प्रस्ताव गरिसकेको छ। तर सो बैठक अहिले नै गर्नु अलिक चाँडो हुनसक्ने प्रतिक्रिया राष्ट्रपति इनले दिएका थिए।

प्रकाशित: २१ फाल्गुन २०७४ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App