१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘सेप अफ वाटर’लाई चोरीको आरोप

लस एन्जल्स– संघारमा रहेको ९० औं अस्कर अवार्डमा सर्वाधिक १३ विधामा मनोनयनमा परेको ‘सेप अफ वाटर’लाई चोरीको आरोप लागेको छ । पुलित्जर पुरस्कार विजेता लेखक पल जिन्दलको परिवारले निर्देशक गुलिमोरो डेल टोरालाई चोरीको आरोप लगाएका हुन् । पलका छोरा डेभिड जिन्दलले निर्देशक डेल टोरो र निर्माता फक्स सर्चलाइटलाई प्रतिवादी बनाउँदै प्रतिलिपी अधिकार हननको मुद्दा हालेका छन् । डेभिडले फिल्म सन् १९६९मा प्रकाशित भएको नाटक ‘लेट मि हियर यु ह्विस्पर’मा आधारित रहेको दाबी गरेका छन्। 

वर्षको सुरु मै पनि डेल टोरो र स्टुडियोलाई चोरीको आरोप लागेको थियो । तर निर्देशक तथा स्टुडियो दुवैले आरोपको खण्डन गरेका थिए । तर पनि डेभिडले चित्त नबुझाए पछि यही हप्ता क्यालिफोर्नियाको एक अदालतमा मुद्दा दर्ता गरेका छन् । गार्जियनका अनुसार मुद्दामा कथा, चरित्र र प्रस्तुति उस्तै रहेको दाबी गरेको छ।

‘सेप अफ वाटर’मा ल्याबोरटोरीमा काम गर्ने आवाजविहिन महिला र दानवको प्रेमकथा समेटिएको छ । लेट मि हियर यु ह्विस्पर’मा भने यसरी नै ल्याबोरेटोरीमा गेटकिपरको रुपमा काम गर्ने महिला र समुद्री जीवका बीचमा विकसित सम्बन्धको कथा बुनिएको छ । नाटकमा आधारित रही ५० वर्षअघि टेलिभिजन सिरिज पनि निर्माण भएको थियो। 

‘फिल्मले भनेको कथा र पुस्तकको कथामा थुप्रै समानता छन्,’ डेभिडका वकिलले मुद्दामामा लेखेका छन्,‘ यस्ता समानता छन् जसलाई संयोग भनेर मान्न सकिने अवस्था छैन ।’ डेभिडले उपन्यासकार डेनियल कराउसका विरुद्धमा पनि मुद्धा हालेका छन्। 

डेभिडको आरोपमा प्रतिक्रिया व्यक्त गर्दै फक्स सर्चलाइटले डेभिडको आरोप मिथ्या भएको बताएको छ । स्टुडियोले अस्कर अवार्ड संघारमा रहेको र भोटिङका लागि लबिङ गर्नु पर्ने ठाउँमा प्रतिलिपीको मुद्दामा फस्दा फिल्मलाई गाह्रो हुने बताएको छ। 

‘यो विशुद्ध मौलिक फिल्म हो । डेभिडका आरोपको हामी खण्डन गर्दछौं,’ फक्स सर्चलाइटले भनेको छ । 

प्रकाशित: २० फाल्गुन २०७४ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App