१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ला लिगा : बार्सिलोना लास पाल्मससँग बराबरीमा रोकियो

स्पेन – स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको बार्सिलोना १८ औं स्थानको लास पाल्मससँग बराबरीमा रोकिएको छ। बिहीबार राति लास पाल्मसको मैदानमा भएको खेलमा दुबै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।

पहिलो हाफको २१ औं लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि दोस्रो हाफको तेस्रो मिनेटमा लास पाल्मासका क्यालेरीले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

बराबरीपछि बार्सिलोनाको ६६ र लास पाल्मासको २० अंक छ। बराबरीपछि बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग अंक बढाउने मौका गुमाएको छ। एथ्लेटिको मड्रिडको समान खेलबाट ६१ अंक छ। तेस्रो स्थानको रियल मड्रिडको ५१ अंक छ।

त्यस्तै ला लिगा अन्तर्गत रातिनै भएका अन्य खेलमा आलाभेसले लेभान्टेलाई १–० ले पराजित गर्दा रियल बेटिस र रियल सोसिडाडले भने गोलरहित बराबरी खेलेका छन्।

 

प्रकाशित: १८ फाल्गुन २०७४ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App