१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एथ्लेटिको मड्रिडको सानदार जित, ग्रिजम्यानले गरे ४ गोल

स्पेन – स्ट्राइकर एन्टोनीयो ग्रिजम्यान एक्लैले ह्याट्रिक सहित ४ गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले १४ औं स्थानको लेगानेसलाई ४–० ले पराजित गरेको छ।

बुधबार राति मड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा ग्रिजम्यानले खेलको २६, ३५, ५६ र ६७ औं मिनेटमा गोल गरेका थिए।
जितसँगै एथ्लेटिको मड्रिडले एक खेल कम खेलेको शीर्ष स्थानको बार्सिलोनासँगको अंकदूरी ४ मा छोट्याएको छ। एथ्लेटिक २६ खेलबाट ६१ अंक छ भने बार्सिलोनाको २५ खेलबाट ६५ अंक छ।

त्यस्तै रातिनै सम्पन्न अन्य खेलमा गेटाफेले डिपोर्टीभो ला कोरुनालाई ३–०, सेभिल्लाले मालागा र एइबरले भिल्लारियलाई समान १–० ले पराजित गर्दा एथ्लेटिक बिल्बाओ र भ्यालेन्सीयाले एक÷एक गोलको बराबरी खेलेका छन्।

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App