सन्दर्भ होली : कुन रङले कस्तो प्रभाव पार्छ ?

बिहिबार, १७ फागुन २०७४, १० : ३५ हेमराज कोइराला

हर्ष, उमङ्ग, उल्लास र खुशीको बहार बोकेर हामी बिच २०७४ सालको होली अईपुगेको छ। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णीमाका दिन मनाईने यो पर्व लाई रङ्ग हरूको पर्व पनि भनिन्छ । रङ्गी–विरङ्गी रङ्गहरू एक आपसमा लगाएर सुख,शान्ति, समृद्घि र स्वास्थ्यको शुभकामना आदान–प्रदान गरी वातावरण नै रङ्गीलो बनाई मनाईने यो चाडले समाजमा पृथक पहिचान बनाउन सफल भएकै कारणले अन्तराष्ट्रिय जगत र अन्य संस्कृतिमा पनि लोकप्रिय हुदै गएको छ । रङ्ग हरूको पर्व भएकाले एकातिर पे्रम, मैत्री, भाईचारा र सामाजिक समरसताको द्दोतकका रूपमा स्थापित हुदै गईरहेको यो पर्व मनाऊन प्रयोग गरिने रासायनिक र कृतिम रङ्गहरूको बड्दो प्रयोगले जन स्वास्थ्यका लागी खतरा सावित हुदै गईरहेको छ । फलतः होलीका दहनको पौराणिक महत्व बोकेको यो एतिहासिक पर्व आधुनिक युगसम्म आईपुग्दा स्वास्थ्य दहनको सामाजिक उत्सव बन्दै गहिरहेको छ । परम्परागत तरिकाले बनाईने हरबल (बनस्पति) रंङ्गहरुको स्थान व्यवसायिक प्रयोजनका लागी बनाइएका रासायनिक रङ्गहरुले लिईदिदा भयावहि स्वास्थ्य समस्या झेल्न बाध्य हुनु परेको छ । व्यवसायिक मुनाफाका लगी रासायनिक तत्वहरुबाट रङ्ग बनाउनु र गहिरो रङ्ग निकाल्न स्वास्थ्यका लागी हानीकारक मानिएका प्रतिवन्धित पदार्थहरुको मिलावट गर्नाले होली जस्तो पवित्र पर्व स्वास्थ्य नासको अग्निकुण्ड बन्दै गईरहेको छ ।

होलीमा प्रयोग गरिने रङ्गहरू मुख्यतः – सुख्खा, पानीमा घोल्न मिल्ने र लेदो (पेस्ट) गरी तीन प्रकृतिका हुन्छन । ब्यापारिक प्रयोजनका लागी औधोगिक स्तरमा तयार गरिएका यी रङ्गहरू बनाऊन स्वास्थ्यमा प्रतिकुल असर पार्ने रसायन हरूको ब्यापक प्रयोग गरीएको हन्छ । रङ्गमा मिसाईएका यी स्वास्थ्य नाशक तत्वहरू, छाला, नाक (श्वास), मुख, आँखा र कान हुदै शरीर भीत्र प्रवेशगरी स्वास्थयमा प्रतिकुल असर मात्र पार्दैन, कहिलेकाहि त आपतकालिन अवश्था पनि श्रृजना हुन सक्छ ।

 

होलीमा प्रयोग गरिने रङ्गहरू मुख्यतः – सुख्खा, पानीमा घोल्न मिल्ने र लेदो (पेस्ट) गरी तीन प्रकृतिका हुन्छन । ब्यापारिक प्रयोजनका लागी औधोगिक स्तरमा तयार गरिएका यी रङ्गहरू बनाऊन स्वास्थ्यमा प्रतिकुल असर पार्ने रसायन हरूको ब्यापक प्रयोग गरीएको हन्छ । रङ्गमा मिसाईएका यी स्वास्थ्य नाशक तत्वहरू, छाला, नाक (श्वास), मुख, आँखा र कान हुदै शरीर भीत्र प्रवेशगरी स्वास्थयमा प्रतिकुल असर मात्र पार्दैन, कहिलेकाहि त आपतकालिन अवश्था पनि श्रृजना हुन सक्छ । बजारमा जताततै पईने यी रङ्गहरू बनाऊन विशेषतः माईका, एस्वेस्टस, सिलिका, शिशाको धुलो, पेट्रोलिय पदार्थ, अम्ल, क्षार, लवण, भारी धातुहरू, पारा, बालुवा र चुन जस्ता स्वास्थ्यका लागी भयावह हुने तत्वहरुको प्रयोग गरीन्छ । यसरी बनाईएका मिलावटी रसायनिक रङ्गहरुको स्वास्थ्यमा गहिरो नकारात्मक प्रभाव छ । रङ्गमा उपरोक्त तत्वहरू हाल्नाले छालाको संक्रमण, रगतको संक्रमण, मृगौलाको संक्रमण, मुटु, कलेजो मस्तिष्क, आँखा जस्ता कोमल अङ्गहरु दुर्वल र निस्क्रिय (फेलियर) हुने टाउँको दुख्ने, रिङ्गटा लाग्ने, ज्वरो आउने जस्ता समस्याहरु देखा पर्दछन् ।

सुख्खा रङ्ग

अविर, केशरी, सिन्दुर जस्ता सुख्खा रङ्गहरु बनाउन मुख्यतः शिशाको धुलो, माईका, एस्वेस्टस र सिलिका जस्ता तत्वहरू प्रयोग गरिएको हुन्छ । शिशाको धुलो रङ्गलाई चमकिलो बनाऊन प्रयोग गरिन्छ । रङ्ग खेल्दा शिशा, छाला, नाक मुख, र श्वाश मार्गबाट शरीर भित्र प्रवेशगरी मिर्गौला, कलेजो, हड्डी तथा कार्टिलेजहरूमा जम्मा हुन्छ र यी अंगहरूलाई निस्क्रिय बनाउछ ।  यसका अलावा उपापचयी क्रिया प्रभावित हुने र आँखा लाई हानि पुर्‍याई दृष्टि नाश पनि हुन सक्छ । सुख्खा रङ्ग बनाउन प्रयोग गरिने अर्को हानिकारक तत्व एस्वेस्टस र सिलिका हो । एस्वेस्टसले छाला तथा फोक्सोको क्यान्सर, दम, खोकी, छालाको प्रदाह र अल्पकालिन अन्धोपन गराउँछ । माईकाले पनि दम, खोकी, फोक्सोको फईब्रोसीस, कमजोरी, र तौल घट्ने जस्ता समस्याहरू निम्त्याऊछ । सुख्खा रङ्गमा हालिने अन्य तत्वहरुमा, क्रोमियम, क्याडमीयम, निकिल, पारो, जस्ता र फलाम लगाएतका भारी धातुहरू पर्दछन् । क्रोमियमले दम, खोकी, फोक्सो तथा छालाको एलर्जी गराऊछ । क्याडमीयमले ईटाइ ईटा नामक हड्डी नाजुक गर्ने रोग र क्यानसर निम्त्याउँछ । निकिलले छालाको प्रदाह र न्यूमोनिया गराउँछ । पारोले दम बड्ने, खोकी लाग्ने, छाती दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पखाला चल्ने, मुटुको चाल गडबड हुने रक्तचाप बड्ने, आँखाको एलर्जी, टाउको दुख्ने दृष्टि धमिलिने र स्नायु प्रणालीका गडबडी आदी जस्ता समस्या गराउँछ ।   जस्ता (जिङ्कले) ज्वरो, छालाको एलर्जी, आँखाको एलर्जी, पाचन प्रणालीमा गडबडी जस्ता समस्या गराऊछ । फलामले छालाको एलर्जी र सौन्दर्य नास गर्छ।

लेदो (पेस्ट) रङ्ग

सुख्खा रङ्गहरूमा तेल, मैन, पेट्रोलियम पदार्थ, अम्ल, क्षार, लवण र अन्य रसायन हरू हालेर लेदो रङ्ग बनाईन्छ । विशेषतः कालो रङ्ग बनाऊन लेडअक्साईड, हरियो रङ्ग बनाउन कपर सल्फेट (नीलो तुथो), बैजनी रङ्ग बनाउन क्रोमियम ब्रोमाइड, चाँदी जस्तो चम्कने (ग्लिटरीङ्ग) सेतो रङ्गमा एल्मुनियम ब्रोमाईड, रातो रङ्ग बनाउन मरक्युरी सल्फेट  नीलो रङ्ग बनाउन प्रशियन ब्लु जस्ता रसायन हरू मिसाईएको हुन्छ । लेडअक्साईड निलिएमा वा श्वास द्धारा लिएमा घातक हुन सक्छ । यसले छाला, आँखा, श्वासनली, फोक्सो, मष्तिस्क, आन्द्रा, मृगौला, रगत र प्रजनानंङ्गहरु लाई प्रभावित गर्दछ । गर्भवती स्त्री तथा गर्भास्थ शिशुको लागी अझै घातक हो । एलर्जी छाला सुनिने, फोकाफेकी आउने, श्वासको समस्या, दम बड्ने, मृगौला फेलिएर हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षणहरु लेड अक्साईड पोइजनिङमा (बिषात्तता) देखा पर्छ । हरियो रङ्ग बनाउन प्रयोग गरीने कपर सल्फेट (नीलो तुथो) भन्ने रसायनले आँखा तथा छालामा बिषात्तता पैदा गर्दछ । छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग ताथ ढकनी सुनिने, आँखामा घाऊहरु आउने र कोर्निया (आँखाको नानी) खराब हुने जस्ता समस्या पनि आऊन सक्छ। यो तत्व निल्न गएमा वाकवाक आउने बान्ता हुने, छाती पोल्ने, टाउँको दुख्ने, पखला लाग्ने, जस्ता समस्या देखिनुका साथै पेट, रगत, मस्तिष्क, कलेजो जस्ता अङ्गहरलाई पनि हानी पुर्याउँछ ।

बैजनी रङ्ग बनाउन प्रयोग गरीने क्रोमियम ब्रोमाइड भन्ने रसायन श्वास र फोक्सोको लागी अत्यन्त हानीकारक छ । श्वास बड्ने दम, खोकी लाग्ने एलर्जी हुने जस्ता लक्षण देखिन सक्छ ।

चाँदी जस्तो चम्कने (ग्लिटर) सेतो रङ्गमा एल्मुनियम ब्रोमाईड मिसाईएको हुन्छ । यसको बिषत्तताले क्यान्सर हुन सक्छ । आँखा, छाला र श्वासन प्रणालीमा प्रत्यक्ष हानी पुर्याउने यो तत्वले फोक्सोको क्षय, दम, खोकी, छाला चिलाउने, पोल्ने, सुनिने, आँखा पोल्ने, पाक्ने, पानी बग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या निम्त्याउछ । निलो रङ्ग बनाउन प्रशियन ब्लु नामक रसायन मिसाइन्छ । यो रसायनले छालाको एलर्जी, डर्मटाटिक्स जस्ता समस्या ल्याउन सक्छन् । र यसलाई निल्न गएको खण्डमा पेट दुख्ने, पाचन शक्ति गडबड हुने र कब्जियतका समस्या देखिन सक्छ ।

रङ्ग        के बाट बन्छ         स्वास्थ्यमा हानी
कालो    लेड अक्साइड    मृगौला फेलिएर, नयाँ कुरामा सिक्नमा असक्षमता, कलेजोलाई हानी
हरियो निलो तुथो     आँखाको एलर्जी, अल्पकालीन अन्धोपन, छालामा जलन
बैजनी  क्रोमियम आयोडाईड आस्थमा, एलर्जी, श्वास रोग
चाँदी जस्तो सेतो एल्मिुनियम ब्रोमाइड   क्यान्सर
रातो   मरक्युरी सल्फेट   छालाको क्यान्सर, मानसिक थकान, प्यारालासिर, अन्धोपन
निलो       प्रशियन ब्लु      छालाको एलर्जी  

यसै गरी रातो रङ्ग बनाउन प्रयोग गरीएको मरक्युरी सल्फेट भन्ने तत्व श्वास द्धारा शरिर भित्र गएमा छाती पोल्ने, दुख्ने, भारी हुने, खोकी लाग्ने, श्वास लिन कठिनाई हुने, दम बढ्ने जस्ता समस्या देखा पर्दछन् । यो तत्व आँखामा पर्न गएमा आँखाको नानी जल्न गई अन्धोपन पनि हुन सक्छ । साथै आँखा पाक्ने, पोल्ने, दुख्ने समस्याहरु पनि आउन सक्छ । यो तत्व मिसाइएको रङ्ग खान पुगिएमा पेट दुख्ने, वाक वाक आउने, बान्ता हुने, पखला चल्ने र आन्द्राहरु गल्ने जस्ता समस्या देखा पर्दछन् । बिषत्तता ज्यादै भएमा रक्त नलीहरुले काम नगर्दा व्यक्तिको मृत्यु पनि हुन सक्छ ।

घलनसिल रङ्गहरू

घुलनसिल रङ्गहरू बनाऊन धेरै मात्रामा क्षारिय पदार्थ मिसाईएको हुन्छ । एसका अलावा ईन्जन आयल जेन्टीन भायलेट र अन्य विषाक्त पदार्थ हरू पनि मिसाईएको हुन्छ । यी पदार्थहरूले पनि स्वास्थ्यमा यथेष्ट प्रतिकुल प्रभाव पार्दछ ।

अन्त्यमा

होली आमोद प्रमोदको र खुसीको पर्व हो ।  हानीकारक रङ्गहरुको छनौटले हर्ष, उल्लास र उमङ्ग, यो पर्वमा  विभिन्न स्वास्थ्य समस्याहरु भोग्नु पर्ने हुन सक्छ । रङ्ग खेल्दा आँखा, छाला, श्वासन अंगहरुको विशेष बचाव जरुरी छ । विशेष गरी रङ्ग छान्दा रासायनिक रङ्गहरू  नलिएर वनस्पति र प्राकृतिक तत्वहरू बाट निर्मित रङ्गहङ्ग लिदा उल्लेखित समस्या हरूलाई कम गर्न सकिन्छ । रङ्ग खेल्दा यदि माथी लेखिएका समस्याहरु देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिऔ र समस्याको समयमै यथोचित व्यवस्थापन गरी संम्भावित खतराबाट मुक्त होऔ । अन्त्यमा नागरिक राष्ट्रिय दैनिक मार्फत सबैमा होलीको शुभकामना।  लेखक प्राकृतिक चिकित्शक हुन् ।  (hemraj.koirala@gmail.com)

 

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad