१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कार्यालय सहयोगीले नै विद्यालयको कम्प्युटर चोरेपछि...

सर्लाही – सुखेपोखरीस्थित चतुर्भूजेश्वर जनता उमाविको कम्प्यूटर चोरीको आरोपमा विद्यालयका कार्यालय सहयोगीसहित दुईजना पक्राउ परेका छन्।

मंगलबार राती विद्यालयको प्रधानाध्यापक र लेखाफाँटमा राखिएको ४ थान सीपीयू तथा ३ थानमोनिटर एवं १ थान इन्टरनेट राउटर चोरी भएको थियो। चोरी भएको सामग्री सहित हरिवननगरपालिका–१० बस्ने १९ वर्षीय रमेश भन्ने विजय सारु मगर र १५ वर्षीय दुर्गा राईलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए।

प्रहरीकाअनुसार पक्राउ परेका विजय सोही विद्यालयका कार्यालय सहयोगी भिमबहादुर सारु मगरको छोरा हुन्।  ‘बुबा अशक्त भएको अवस्थामा विजयले विद्यालयमा सहयोगीको रुपमा बेलाबखत काम गर्ने गरेको रहेछ’, प्रहरी निरीक्षक थापाले भने, ‘त्यसैले कम्प्यूटर राखेको स्थान लगायतबारेमा उसैको सूचनाका आधारमा साथीहरु मिलेर चोरी गरेछन्।’

प्रहरीले बुधबार बिहानै विजय र दुर्गाको घरबाट चोरी भएका सम्पूर्ण सामग्री बरामद् गरेको छ। विद्यालयले चोरी भएको जानकारी दिने वितिकै प्रहरीले अनुसन्धानका क्रममा विजयलाई नियन्त्रणमा लिएर केरकार गरेपछि चोरी भएको सामानसहित संलग्न अन्य पनि पक्राउ परेका हुन्। 

‘बुबा अशक्त भएको बेलामा विजयले कहिलेकाँही घण्टी लगाउने लगायत विद्यालयमा काम गथ्र्यो’, सो विद्यालयका प्रअ नरेन्द्र सुवेदीले भने, ‘विद्यालयमा लाग्ने सबै ताल्चाचाबी बुबासँगै हुने भएकाले राती निदाएको मौकामा सो चाबी ल्याएर कम्प्यूटर चोरी गरेछन्।’

चोरी भएकाअन्य केही सामग्रीसहित संलग्न अर्का एकजनाको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ। साथै पक्राउ परेका अभियुक्तलाई चोरी मुद्धामा कारबाही अघि बढाईएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०७४ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App