१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानकाे सरकारी कामकाजकाे भाषा बन्दै चिनियाँ

इस्लामवाद – पाकिस्तान सरकारले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिने भएकाे छ।

पाकिस्तानको संसदले देशका विभिन्न शैक्षिक संस्थाहरूमा चिनियाँ भाषाको पाठ्यक्रम राख्ने प्रस्ताव गरेको छ।
पाकिस्तानी सञ्चार माध्यम ‘अब तकका अनुसार पाकिस्तान सरकारले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने निर्णय गरेको होे।

चीन र पाकिस्तान  भौगोलिक रूपमा एक आपसमा जोडिएका कारण भाषिक अवरोध समाधानका लागि पाकिस्तान सरकारले चिनियाँ भाषालाई  सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो।
चीनले सीपक परियोजना मार्फत् पाकिस्तानमा  करिब ६२ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । भारतले पाकिस्तानको उक्त निर्णयलाई पाकिस्तान र  चीनको सम्बन्धमा प्रगाढता बढ्ने आकंलन गरेको छ।

 

प्रकाशित: १६ फाल्गुन २०७४ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App