सिरियामा शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रसंघ प्रमुखको आग्रह

सोमबार, १४ फागुन २०७४, २१ : ०९ एजेन्सी

जेनेभा – संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुथ्रेसले द्वन्द्वसँग जोडिएका सवै दलहरूलाई शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्। 

उनले सोमबारको एक वक्तव्यमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको तीस दिने युद्धविरामसहितको प्रस्ताव कार्यान्वयन गर्न आग्रह गरेका हुन्।

‘उनीहरूले सुरक्षा परिषद्को शान्ति प्रस्ताव प्रभावकारी रूपले कार्यान्वयन गरे मात्रै यसको अर्थ हुन्छ,’ गुथ्रेसले वक्तव्यमा भनेका छन्।

राष्ट्रसंघीय मानवअधिकार परिषद्को ३७औ बैठकको उद्घाटन समारोहमा महासचिव गुथ्रेसले भने, ‘पृथ्वीमा यो नरक जस्तो बनाउने कार्य अहिले तत्काल रोक्नु अत्यावश्यक छ, गुटाले यसका लागि थप प्रतिक्षा गर्न सक्दैन।’ 

‘त्यो शान्ति प्रस्ताव तत्काल कार्यान्वयन हुन्छ भन्ने मैले अपेक्षा गरेको छु, प्रभावित क्षेत्रमा मानवीय सहायता अत्यावश्यक छ, विरामी र घाइतेहरुलाई उद्धार गरी सहयोग गर्नु पर्दछ,’ उनले थपे। 

उनले मानवीयता, मानवअधिकारसम्बन्धी कानून र आम नागरिकको रक्षा गर्न र आफ्नो प्रतिवद्धता र दायित्व नभुल्न सवै पक्षको ध्यानाकर्षणसमेत गराएका छन्।

प्रस्ताव २४०१लाई राष्ट्रसंघीय सुरक्षा परिषद्ले गत शनिबार सर्वसम्मत रूपमा पारित गरेको थियो। 

झण्डै दुई हप्तासम्मको वार्ताको प्रयासपछि परिषद्ले तीस दिने युद्धविराम गर्न आग्रह सहितको प्रस्ताव पारित गरेको हो। मुख्य गरेर सिरियाको गुटामा अहिले हिंसाका घटना धेरै भएका छन्। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad