१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राजर्षी जनक कप चैत ८ बाट : भुटान र भारतले पनि खेल्ने

सर्लाही – सर्लाहीको बागमतीमा गतवर्षबाट सुरु राजर्षी जनक कप नकआउट फूटबल प्रतियोगिताको दोश्रो संस्करण आगामी चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ। आयोजक वागमती युवा क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ। 

क्लबका अध्यक्ष किस्मत मैनालीले प्रतियोगितामा भूटानको ड्रग स्टार क्लब र भारतको मुम्बई एफसी क्लबले समेत खेल्ने बताए। यस्तै नेपालका विभागिए टीम नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ सहित ए डिभिजनका मनाङ मस्र्याङदी, सीएमजी संकटा, सरस्वती, थ्रिस्टार, जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्ने छन्।

पत्रकार सम्मेलन मार्फन विजेताले पाउने प्रथम शिल्ड समेत प्रदर्शन गरियो। सुन र चाँदी प्रयोग गरेर ४ लाख लागतमा २० किलोको कलात्मक शिल्ड बनाइएको छ। पूर्व संविधान सभा सदस्य नरेन्द्र साहद्वारा प्रायोजित प्रथम शिल्डलाई केही दिनपछि जनकपुर स्थित जानकी मन्दिरमा लगेर मठाधीश रामतपेश्वर दासबाट शुद्धिकरण समेत गराइने मैनालीले बताए।

५० लाख लागत अनुमान गरिएको प्रतियोगिताको विजेता टीमलाई नगद ५ लाख तथा शिल्ड प्रदान गरिने छ। दोस्रो टीमलाई ३ लाख नगद प्रदान गरिने छ। प्रतियोगितामा हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार तथा हरेक दिनको म्याद अफ दि म्याच घोषित खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिता सह–आयोजक सर्लाही फूटबल संघका अध्यक्ष ठाकुरबहादुर सुस्लिङले जानकारी दिए। यस्तै प्रतियोगितामा उत्कृष्ट खेल्ने सर्लाही निवासी एक खेलाडीलाई बागमती राईजीङ अफ दि ईयर प्लेयर्स घोषणा सहित मोटरसाईकल प्रदान गरिने समेत आयोजकले जनाएको छ।

प्रकाशित: १४ फाल्गुन २०७४ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App