१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

फोरेन्सिक रिपोर्टले पत्ता लगायो श्रीदेवीको निधनको कारण

मुम्बई – बलिउड अभिनेत्री श्रीदेवीको निधनको कारण पत्ता लागेको छ। दुबई प्रहरीले सोमबार सार्वजनिक गरेको फोरेन्सिक रिपोर्टमा ‘बाथटप’मा डुबेर श्रीदेवीको निधन भएको उल्लेख छ। 

यसअघि उनको मृत्युको कारण हृदयघात र कार्डिएक अरेस्टका कारण बताइएको थियो। तर पोस्टमार्टम रिपोर्टले उनको मृत्यु डुबेर भएको स्पष्ट पारेको छ। ‘दुर्घटनावश डुबेर’ भनेर रिपोर्टमा उल्लेख गरिएको छ।

बीबीसीका अनुसार श्रीदेबी मदिराको नशामा थिइन्। यसैकारण उनी सम्हाल्न नसक्ने अवस्थामा बाथटवमा खसेको र त्यसमा डुबेर उनको मृत्यु भएको बताइएको छ। पोस्टमार्टम रिपोर्टमा मदिरा पिएको देखिएको छ।

चर्चित अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा शनिबार दुबईमा निधन भएको थियो। उनी आफ्नो परिवारसहित आफन्तको विहेमा त्यहाँ गएकी थिइन्।

श्रीदेवीको शव अहिलेसम्म भारत ल्याइको छैन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App