१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बिहानीपख किटाणु अझ खतरनाक

लण्डन—मानिसमा कुनै पनि किटाणुको संक्रमण सर्ने सम्भावना बिहानको समयमा अझ धेरै हुने एक अध्ययनले देखाएको छ।
दि युनिर्भसिटी अफ क्याम्ब्रिजले हालै  गरेको एक अध्ययनले दिनको अन्य समयको तुलनामा बिहानको समयमा कुनै पनि किटाणुले संक्रमण गर्न सक्ने देखाएको हो।

अध्ययनका अनुसार सो समयमा किटाणुको संक्रमण फैलने सम्भावना १० औं गुणा बढी रहेको देखाएको हो। अनुसन्धानकर्ताहरुले यस अध्ययनले माहामारी रोक्न नयाँ तरिका प्रयोग गर्न सहयोग पुग्ने बताएका छन्।

अध्ययनमा सहभागी प्रोफेसर अखिलेश रेड्डीले भने, ‘हामीले यस अध्ययका लागि एक इन्फ्यिुन्जा संक्रमित मुसाको प्रयोग गरेका थियौं, त्यस मुसामा बिहानको समयमा किटाणुले धेरै संक्रमण फैलाएको पाइयो तर बिहनीपख यस्ता किटाणुको असर आँफै घट्दै गएको देखियो। त्यसैले यदी मानिसमा पनि कुनै किटाणुले बिहानको समयमा संक्रमित गरेको छ भने यो अझ खतरनाक रुपमा फैलने सम्भावना रहन्छ।’

 

प्रकाशित: १ भाद्र २०७३ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App