१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

‘डुओः गुगलकोे नयाँ भिडियो च्याटिङ एप

क्यालिफोर्निया—गुगलले आफ्ना प्रयोगकर्ताको थप सुविधाका लागि ‘डुओ नामक नयाँ भिडियो एप  ल्याएको छ। मंगलबार सार्वजनिक गरेको यस भिडियो च्याटिङ एप एप्पलको फेस टाइम,माइक्रोसप्टको स्काइप र फेसबुकको म्यासेन्जर भन्दा गुण्स्तरीय भएको र यसले प्रयोगकर्तालाई सजिलै आकर्षित गर्ने  गुगलले जनाएको छ।

डुओ एपमा भएको ‘नक–नक फिचरका प्रयोग गरी प्रयोगकर्ताले उक्त भिडियो कल उठाउनु भन्दा पहिले कसले उक्त कल गरेको छ भनेर हेर्न सक्नेछन्। गुगलले कम नेटवर्क टिप्ने स्थानमा पनि यस एपले सजलै काम गर्ने जनाएको छ।

उक्त एप गुगल प्लेस्टोरमार्फत स्मार्टफोन र एप्पल आइओएसका प्रयोगकर्ताले निशुल्क डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्। उनले अबको केही दिनमा नै उक्त विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध हुने बताएका छन्। गुगलका सफ्टव्यर इन्जिनियर जस्टिन उब्रिटीले भने, ‘गुगलको डुओ भिडियो कल गर्नका लागि प्रयोगकर्ताले सेलुलर डाटा तथा वाइफाइको प्रयोग गर्न सक्छन्।

 

प्रकाशित: १ भाद्र २०७३ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App