१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पथलैयालाई भलिबल उपाधि

सर्लाही – महाशिवरात्रि पर्वको अवसरमा सर्लाहीको हरिपुरमा सम्पन्न प्रदेश नं. २ स्तरीय रामलखन चौधरी स्मृति नकआउट भलिबल प्रतियोगिताको उपाधि बाराको पथलैया युवा टोलीले चुमेको छ । उपाधिसँगै टोलीले २५ हजार नगद प्राप्त गरेको छ।

शनिबार साँझ सम्पन्न फाइनल प्रतियोगितामा सर्लाहीकै बडकुरुवा युवा क्लबलाई ३–१ को सेटमा पथलैया टिमले पराजित गरेको हो । उपविजेता बडकुरुवा १५ हजार रुपैयाँ नगदमै चित्त बुझाउन बाध्य भयो।

फाइनलको पहिलो सेट पथलैयाले २५–२२ ले जितेको थियो भने दोस्रो सेटमा बडकुरुवाले २५–१६ ले खेल बराबर गरेको थियो । तेस्रो र चौथो सेटमा भने पथलैया युवा टिमले २५–१६ र २५–१३ को जित हात पारेको थियो।

फागुुन १ गते महाशिवरात्रि पर्वको दिनदेखि जारी प्रतियोगितामा पूर्व सिराहादेखि पश्चिम बारा जिल्लाका १२ वटा टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष नरहरि धामीले जानकारी दिए।

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App