२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वर्ल्ड भिजन इन्टरनेसनलको कार्यालयमा आगलागी

सिन्धुपाल्चोक-  भूकम्पपछिको पुनर्निर्माणमा सघाइरहेको अन्तर्राष्ट्रिय संस्था वर्ल्ड भिजन इन्टरनेसनलको चौतारास्थित कार्यालयमा आगालागी भएको छ। 

       आगालागीबाट झण्डै ७० लाख रुपैयाँ बराबर क्षति भएको प्रारम्भिक अनुमान रहेको संस्थाका जिल्ला व्यवस्थापक दिनेश बरालले बताए । उनका अनुसार आगालागीमा दुईटा ‘प्रिफ्याव’ भवन जलेका छन् । भवनमा रहेका सबै फर्निचर, केही थान ल्यावटप र आवश्यक कागजात पनि नष्ट भएका छन् ।

       शनिबार मध्यराति (गएराति) १२ बजेतिर आगालागी भएको हो । चौतारा नगरपालिकाको बारुणयन्त्रसहित नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको प्रयासमा दुई घण्टामा आगालागी नियन्त्रणमा आएको थियो । ‘त्यतिञ्जेल सबै जलेर नष्ट भइसकेको थियो,’ व्यवस्थापक बरालले भने ।

       करेन्ट सर्ट भएर आगालागी भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको उनले जानकारी दिए । संस्थाका कर्मचारीले त्यहाँ बसेर दैनिक प्रशासनिक काम गर्थे । २०७२ वैशाख १२ को भूकम्पको तेस्रो दिन उद्दार र राहतका निम्ति संस्था जिल्ला आइपुगेको थियो । त्यतिबेलै २३ लाख रुपैयाँ खर्चेर प्रिफ्याव भवन बनाइएको संस्थाले जनाएको छ ।

       जिल्ला व्यवस्थापक बरालका अनुसार अहिले संस्थाले स्थानीय साझेदार निकायसँग मिलेर भूकम्पपछिको पुनर्निर्माण (व्यक्तिगत आवास, विद्यालय भवन निर्माण), जीविकोपार्जन तथा खानेपानी, सरसफाइको क्षेत्रमा काम गरिरहेको छ । क्षतिको अन्तिम लगत संकलन भइरहेको उनले जनाए ।

      

प्रकाशित: ५ फाल्गुन २०७४ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App