१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रामापोसा दक्षिण अफ्रिकाको राष्ट्रपति नियुक्त

केप टाउनस्थित दक्षिण अफ्रिकी संसद्ले प्रधानमन्त्रीमा नियुक्त गरेपछि सम्बोधन गर्दै नव नियुक्त दक्षिण अफ्रिकी प्रधानमन्त्री सिरिल रामापोसा । तस्बिर : रोयटर्स

जोहानेसबर्ग – दक्षिण अफ्रिकाको संसद्ले सिरिल रामापोसालाई नयाँ राष्ट्रपतिको रुपमा नियुक्त गरेको छ ।
विवादित राष्ट्रपति ज्याकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसद्ले बिहीबार रामापोसालाई राष्ट्रपति पदमा चयन गरेको हो ।प्रधानन्यायाधीश मोख्वेङ मोख्वेङले रामापोसा निर्विरोध राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गरेका थिए ।

रामापोसाले छिट्टै राष्ट्रपति पदको शपथ लिने र देशवासीका नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।यसअघि सत्तारुढ दल अफ्रिकी नेसनल कंग्रेस (एएनसी)को तीव्र दबाबपछि दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामाको घोषणा गरेका थिए । सत्तारूढ अफ्रिकन नेसनल कंग्रेस (एएनसी) ले राजीनामा दिन वा सदनमा महाभियोगको सामना गर्नका लागि तयार रहन जुमालाई चेतावनी दिएको थियो ।

पद छोड्न लागेको घोषणा गर्न क्यामेरासामु उपस्थित भएका जुमा थकित देखिएका थिए ।गल्ती गरेको स्वीकार्दै उनले आफू र अरु कोही पनि पूर्ण नभएको बताएका थिए ।यसअघि सत्तारुढ अफ्रिकन नेसनल कंग्रेस (एएनसी) ले राजीनामा दिन अथवा सदनमा महाभियोगको सामना गर्नका लागि तयार रहन जुमालाई चेतावनी दिएको थियो ।

उपराष्ट्रपति एवं पार्टी अध्यक्ष सिरिल रामापोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि दवाब बढ्दो थियो ।भ्रष्टाचारसहितका कैयौं आरोप झेलिरहेका जुमा सन् २००९ देखि दक्षिण अफ्रिकाको सत्तामा थिए । नौ वर्ष सरकारमा रहँदा उनीमाथि भ्रष्टाचारलगायतका विभिन्न आरोप लागेका छन् ।

नवनियुक्त राष्ट्रपति रामापोसा एक सफल व्यापारी हुन् र उनले गएको डिसेम्बर महिनादेखि सत्तारुढ दलको नेतृत्व गरिरहेका छन् ।दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल परेका रामापोसा सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित समितिको अध्यक्ष थिए ।

 

 

 

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App