१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवा साक्षर जिल्ला

रसुवा – रसुवालाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६.२९ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि जिल्लालाई देशको ४३ औं साक्षर जिल्ला घोषणा गरिएको हो। 

२०६७ मा गरिएको घरधुरी सर्वक्षणमा जिल्लामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका १४ हजार आठ सय ८७ जना रहेका थिए। त्यही सङ्ख्यालाई आधार मानेर साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय रसुवाले जनाएको छ। 

जिल्ला अनौपचारिक शिक्षा समिति एवंम जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहकाबीच प्रतिनिधिसभाका सांसद इन्जिनियर मोहन आचार्यले जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्। 

साक्षर जिल्ला घोषणा गर्नका लागि शैक्षिक स्रोत तथा विकास केन्द्रहरुले साक्षर अभियान सञ्चालन गरेका थिए। जिल्लालाई देशको ७७ जिल्लामध्ये ४३ औँ साक्षर जिल्लाको रुपमा घोषणा गर्न सफल भएकोे जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले बताए।  

जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नका लागि २०६८ सालदेखि अभियान सुरु गरिएको थियो। जिल्लामा रहेका निरक्षरलाई राष्ट्रिय साक्षरता कार्यक्रम सञ्चालन गरेर साक्षर बनाइएको कार्यालयले जनाएको छ। 

जिल्लाभित्रका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका जनसङ्ख्यामध्ये ९५ प्रतिशत वा सो भन्दा बढी जनसङ्ख्या साक्षर भएको एकिन गरी बाँकी निरक्षरलाई आगामी वर्षमा साक्षर गराउने प्रतिबद्धतासहित साक्षर जिल्ला घोषणा गर्न सकिने कानुनी व्यवस्था रहेको छ। 

जिल्लामा निरक्षरका लागि तीन वर्षअघि सुरु भएको निरन्तर शिक्षाले यो वर्ष पनि निरन्तरता पाएको जिल्ला शिक्षा अधिकारी न्यौपानेले बताए। यो वर्ष पाँच सय २५ जनाको लागि ५३ वटा कक्षा आएको छ।  

प्रकाशित: २९ माघ २०७४ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App