१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले अान्तरिक गृहकार्यमा

काठमाडौं – प्रतिनिधिसभाका समानुपातिकतर्फको नामावली पठाउन नेकपा एमालेले आन्तरिक गृहकार्य थालेको छ। समानुपातिकतर्फ ४१ स्थान प्राप्त गरेको एमालेले विभिन्न क्लस्टरबाट ३७ महिलाको प्रतिनिधित्व गराउनुपर्नेछ। 
एमालेबाट दलिततर्फ ५, आदिवासी जनजातितर्फ ११, खसआर्यतर्फ १२, मधेसीतर्फ ६, थारुतर्फ २ र मुस्लिमतर्फ १ महिलाको प्रतिनिधित्व हुनेछ । त्यसैगरी चार जना पुरुषको प्रतिनिधित्व हुनेछ। 

चार पुरुष छनोट गर्दासातवटै क्लस्टरको पहिलो नम्बरमा रहेका उम्मेदवारमध्येबाट छान्नुपर्ने कानुनी व्यवस्था छ । खस आर्यको पहिलो नम्बरमा रहेका मुकुन्द न्यौपाने, आदिवासी जनजाति कोटाको पहिलो नम्बरमा रहेका विजय सुब्बा, थारु कोटाको पहिलो नम्बरमा रहेका हनुमान चौधरी, दलितको पहिलो नम्बरमा रहेका रामप्रीत पासवान, मधेसी कोटाको पहिलो नम्बरमा रहेका मोतीलाल दुगड, मुस्लिम कोटाको पहिलो नम्बरमा रहेका समिम मियाँ अन्सारी र पिछडिएको क्षेत्रको पहिलो नम्बरमा मोहन बानियाँमध्ये चारजना मात्र सांसद बन्नेछन्।

संघीय संसद् अर्थात् राष्ट्रियसभा र प्रतिनिधिसभाका कुल संख्यामध्ये एक तिहाइ महिला हुनुपर्ने व्यवस्था छ । निर्वाचन मतपरिणामअनुसार एमालेले प्रत्यक्षमा ८० सिट जितेको छ । समानुपातिकमा ४१ गरी एमालेले प्रतिनिधिसभामा एक सय २१ सिट र राष्ट्रियसभामा २७ सदस्य जितेर संघीय संसद्मा एक सय ४८ सिट जितेको छ।

संवैधानिक व्यवस्थाअनुसार एमालेबाट संघीय संसद्मा अब कम्तीमा ४९ जना महिला प्रतिनिधित्व गराउनुपर्छ । प्रतिनिधिसभा र राष्ट्रियसभा गरी एमालेबाट १३ जना महिलाले जितेका छन् । अब ४१ समानुपातिक सांसदमध्ये कम्तीमा ३७ जना महिला निर्वाचत गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

एमालेले बुझाएको बन्दसूचीअनुसार आदिवासी जनजातितर्फ ११ सम्मका उम्मेदवार निर्वाचित गर्नुपर्नेछ । जसअनुसार थममाया थापामगर, शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमार झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा मगर, नवीना लामा, शान्ति तामाङ, कुमारी मेचे, विना बुढाथोकी मगर र रणकुमारी बलमपाकी चुनिनेछन्।

त्यस्तै खस आर्यबाट राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, मन जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैना भण्डारी र तीर्था गौतम निर्वाचित गर्नुपर्छ। 

थारुको कोटाबाट शान्ता चौधरी र लक्ष्मी चौधरी सांसद बन्नेछन् ।दलित कोटाबाट निरादेवी जैर, विमला विश्वकर्मा, विमला विक, पार्वती विसुंखे र सानु शिवाले सांसद बन्ने भएका छन्। 

मधेसीतर्फ जुली महतो, पुष्पा कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झा, सिरताकुमारी गिरी र सीता यादव मधेसी महिला कोटामा छानिनेछन् । यस्तै मुस्लिम कोटाबाट कालिला खान र समिना हुसेन सांसद बन्ने भएका छन् बन्दसूचीअनुसार पिछडिएको क्षेत्रबाट आशाकुमारी विक सांसद बन्नेछिन्। 

प्रकाशित: २८ माघ २०७४ ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App