१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको यौन राजधानीमा तपाइँलाई स्वागत छ !

डोङग्वान– सामान्यतया चीनको दक्षिणी सहर डोङग्वान एक औद्योगिक क्षेत्रका रुपमा चिनिन्छ। तर यसको अर्को नाम थप भएको छ त्यो हो चीनको यौन राजधाानी । सो सहरमा महिला एक आपसमा प्रेमी बाँड्छन् । त्यस सहरमा यदि कुनै एउटा केटाको एकमात्र प्रेमिका भएमा अरु उसमाथि हाँस्ने गर्दछन्। उक्त औद्योगक क्षेत्रका महिला कामदारले अन्य महिला कामदारसँगै कम्पनीको मात्र छात्रावास प्रयोग गर्न पाउँछन्। त्यसकारण पनि उनीहरु उक्त छात्राबास छाडेर भाडाको कोठामा जान थालेका छन्।

त्यही कारण भाडा तिर्न कठिनाई हुने भन्दै उनीहरु एउटै कोठा पनि एक आपसमा बाँड्न बाध्य छन र यसका लागी उनीहरुले पैसा तिरेरेै एक प्रेमी एक आपसमा बाँड्दै एउटै कोठामा बस्छन्। यो प्रचलन हाल उक्त सहरमा सामान्य नै भैसकेको छ । लि बिन नाम गरेका एक युवाले आफ्नो तीन जना प्रेमिका भएको र तीनै जनासँग आफ्नो राम्रो सम्बन्ध रहेको बताए ।

उनले भने, ‘मलाई प्रेमीका रुपमा शेयर गरेका उनीहरुले यसका लागि मलाई पैसा लिर्ने गर्छन्, उनीहरु तीनै जनासँग मेरो शारिरीक सम्बन्ध पनि हुन्छ , कुनै एक प्रेमीकासँग शारीरिक सम्बन्ध राख्दा अन्य दुई प्रेमीका भने बाहिर घुम्न निस्कन्छन् । उनले आफ्ना तीनै जना प्रेमीका फ्याक्ट्रिका कामदार रहेको बताए । बिनको मात्र नभएर यस सहरका एक जना प्रेमीको धरै जना प्रेमीका रहेका छन् र यसको यहाँ कसैले विरोध गर्दैनन् ।

धेरै प्रमीका हुदाँ रमाइलोका साथै उनीहरुले पैसा तिर्ने गरेकाले पनि युवाहरु पनि यस विषयमा केही बोल्दैनन् । एक युवतीले भनिन्, ‘फ्याक्ट्रिका महिला कामदार जताततै पाइन्छ, यहाँ सबै कमाउनै आएका हुन् र सबैको साझा समस्या बनेको छ महंगो कोठा , भाडा त्यसैले एक आपसको सहमतिमै पे्रमी शेयर गरिन्छ जुन बाध्यता पनि हो।’ उनले सबै जना जवान भएकाले केही वर्ष रमाइलो गर्दैमा केही नजाने बताइन्। कम्पनीका महिला कामदार विवाहको उचित उमेर पुगेपछि सबै आ–आफ्नो घर फर्कने गर्छन्।

यसै प्रचलनका कारण त्यस सहरमा महिलाको तुलनामा पुरुषले कम रोजगारीको अवसर प्राप्त गर्छन् । एक आपसमा ब्वाइफ्रेन्ड शेयर गर्ने महिला नै उक्त समाजमा धेरै रुचाइन्छ । यस्ता महिलाले कमाउने पैसा नै आफ्ना ब्वाइफ्रेन्डलाई दिने भएकाले उनीहरुले खासै काम गर्नु पर्दैन।
चीनका अन्य सहरमा महिलाको तुलनामा  पुरुषको संख्या बढी रहेको छ । तर डोङग्वान सहरमा भने पुरुषको जनसंख्या ज्यादै न्युन रहेको छ । यहाँ प्रत्येक १०० जना महिलाका लागि ८९ जनामात्र पुरुष रहेका छन्। यही तथ्याङकले पनि महिला कामदारहरु एक आपसमा प्रेमी बाँड्न बाध्य छन्।

चीनमा महिलाले २७ वर्षको उमेरमा विवाह गर्नु पर्ने नियम रहेपनि विवाह अगाडि नै अरुको प्रेमीलाई पैसा तिरेर एक आपसमा शेयर गर्ने चलनले अझ बढुवा पाएको र यसले उनीहरुको जीवनमा समस्या खडा गर्ने चीनका संस्कृतविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।  तर चीनले भने  हालसम्म उक्त प्रचलनका विरुद्ध कुनै ठोस कदम चालेको छैन ।

 

प्रकाशित: ३१ श्रावण २०७३ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App