१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रपोज डे : यसरी गर्नुस् प्रेम प्रस्ताव

काडमाडौं – भ्यालेनटाइन वीक शुरु भइसकेको छ। ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेनटाइन वीकमा पहिलो दिन बुधबार ‘हिजो’ रोज डे रहेको थियो। यो दिनमा प्रेमी जोडीले आपसमा गुलाब दिएर प्रेम अभिव्यक्त गर्न गर्छन। यस्तै ८ फेबु्रअरी (आज)को दिन प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन हो। यो दिनलाई मनको कुरा भन्ने दिन पनि भनिन्छ। 

यदि तपाई पनि कसैलाई प्रस्ताव राख्दै हुनुहुन्छ भने विचार गर्नुस् तपाईको सानो गल्तीले तपाईले चाँहेको मान्छे टाढा जान सक्छ, त्यसैले प्रस्ताव राख्नु पहिले यी कुरामा ध्यान दिनुस्। 

१. उपयुक्त स्थानको छनोट गर्नुस् 

आफ्नो साथीलाई प्रस्ताव राख्नको लागि सबैभन्दा उपयुक्त ठाउँको रोजाइ गर्नुपर्छ। यस्तो ठाउँ रोज्नुहोस् जहाँ तपाईका यादहरु जोडिएका हुन्। त्यो ठाउँमा रहँदा तपाइलाई कुनै पुरानो सम्झनाले रमाइलो महसुस गराओस्। यस्तो स्थान जहाँ भिडभाड नभएको र वातावरण शान्त होस्। एकअर्काका कुराहरु आनन्दले राख्नुहोस् र उचित मौका हेरेर आफ्नो मनको कुरा साथीलाई भन्नुस्। 

२. प्रस्ताव गर्ने तरिका सोचिराख्नुस् 

जहाँ मौका पायो त्यहि प्रस्ताव राखिहाल्ने हतारो नगर्नुहोस्। खासगरी युवतीलाई महंगा उपहारले भन्दा पनि  उनीहरुलाई विशेष महशुस गराउँदा धेरै खुसी हुन्छन्। त्यसैले उनीहरुका लागि केहि त्यस्तो योजना बनाउनुस्, जसले उनको मन तपाई भएतिर तानियोस्। 

३. आफ्नो लुक्समा ध्यान दिनुस्

प्रेम प्रस्ताव गर्ने सबै योजना तयार भएपनि आफ्नो लुक्समा पनि विशेष ध्यान दिनुपर्छ। आफूले लगाउने कपडा र सुहाउँदो जुत्तामा ध्यान दिनुहोस्। त्यहि कपडा लगाउनुस् जुन लगाउदा तपाइलाई परफेक्ट देखिन्छ, अथवा जुन कपडा लगाउदा तपाइको साथी खुसी र आकर्षित हुन्। 

४. परफ्युमको प्रयोग गर्नुहोस् 

कपडा, जुत्ता तथा सुहाउदो हेयर स्टाइलमा राम्रो परफ्युमको पनि प्रयोग गर्न नभुल्नुहोस्। किनकी महिलाहरु परफ्युमको बास्ना मन पराउँछन्।  

५. रोमान्टिक वातावरणको सिर्जना गर्नुहोस् 

तपाइको महिला साथीलाई यस्तो ठाउँमा लानुहोस् जहाँ तपाइहरु एक्लै रमाउन पाउनुहुन्छ र त्यस्तो मौकामा केहि राम्रा उपहारहरु दिएर उनीलाई आफूतर्फ आकर्षित गर्नुहोस्। 

प्रकाशित: २५ माघ २०७४ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App