२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हरिवन नगरपालिकाको बजेट ४७ करोड

सर्लाही – ‘कृषि, शिक्षा, पशु पर्यटन, स्वास्थ्य, सञ्चार र पूर्वाधार, स्वच्छ, समुन्नत हरिवननगरपालिकाको समृद्धिको मूलआधार’ भन्ने मूलनारा सहित सर्लाहीको प्रमुखव्यापारिक केन्द्र हरिवननगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷०७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरेको छ।

शनिबार अपरान्ह आयोजित भव्य समारोहबीच हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले ४७ करोड ८३ लाख ३० हजार रुपैयाँको आयव्यय सार्वजनिक गरेका हुन्। घोषित बजेट कार्यक्रमअनुसार चालूतर्फ २० करोड ३३ लाख ४६ हजार तथा पुँजीगततर्फ २७ करोड ३३ लाख रुपैंया रहेको छ।

पुँजीगततर्फ शिक्षामा सबैभन्दा बढी ७ करोड ६२ लाख, स्वास्थ्यमा २ करोड १० लाख, कृषिमा ६५ लाख, महिलाविकास क्षेत्रमा ५५ लाख, युवा तथा खेलकुद्को क्षेत्रमा ३५ लाख, पशु विकासको क्षेत्रमा ३३ लाखलगायत बजेट छुट्टयाईएको मेयर प्रसाईंले जानकारी दिए।

जिल्लास्थित २० वटा स्थानीय तहमध्ये अधिकांशले भव्य उद्घाटन सभा गरेर अनुमानित आयव्यय सार्वजनिक गरेपछि विवाद भइरहेको छ। कतिपयले त अझै पनि सार्वजनिक गर्न सकेका छैनन्। हरिवनले भने नगरसभा सदस्यहरुबीच नगर सभा सम्पन्न गरेर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

प्रकाशित: २० माघ २०७४ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App