१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा मुस्लिम धर्म गुरु र उनको एक सहयोगीको गोली हानी हत्या

न्युवोर्क –अमेरिकामा एक मुस्लिम गरु र उनको एक सहयोगीको गोली हानी हत्या गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
न्युयोर्क शहरको क्विन्स् सडकमा हिडिरहेका उनीहरुमाथि पछाडिबाट एक अज्ञात व्यक्तिले गोली प्रहार गरेको अमेकिरी प्रहरीका प्रवक्ताले बताए । उनीहरु दुवै जनाको टाउकोमा गोली लागेको थियो ।

उक्त हमलामा मारिनेमा बंगलादेशबाट दुई वर्ष अघि अमेरिका आएको ५५ वर्षीय इमाम मौलामा आकोन्जि र उनका एक सहयोगी ६४ वर्षीय थारा उड्डिन रहेको प्रहरीले जनाएको छ ।  उक्त घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको अमेरिकी प्रहरीले जनाएका छन् ।

हमलापछि उक्त पार्कमा जम्मा भएका केही मुस्लिमहरुले नोभेम्बरमा हुने राष्ट्रिपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्पmबाट उमेद्वार रहेका डोनाल्ड ट्रम्पको मुस्लिमप्रतिको रुखो व्यवहारका कारण उक्त हमला भएको आरोप लगाएका थिए ।

 

प्रकाशित: ३० श्रावण २०७३ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App