१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विपक्षी नेताको कार्यालयमा प्रहरीको छापा

राष्ट्रपतीय निर्वाचन बहिष्कार गर्न आह्वान गर्दै आन्दोलनमा उत्रिएका रुसी विपक्षी दल समर्थक कार्यकर्ता । तस्बिर : एजेन्सी

मस्को – रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मस्कोस्थित कार्यालयमा प्रहरीले आइतबार छापा मारेको छ ।
नाभाल्नीको कार्यालयमा पुगेर प्रहरीले त्यहाँ रहेका मानिसलाई सोधपुक्ष गरेको नाभाल्नी समर्थकहरुले अनलाइनमा प्रकाशन गरेको तस्बिर एवं भिडियोमा देखाइएको छ ।

प्रहरीले नाभाल्नीको कार्यालयमा बम रहेको भन्ने जानकारी पाएकाले खोज्न आएको बताएको र प्रहरीको त्यस्तो अभिव्यक्ति आफूलाई अचम्म लागेको नाभाल्नीका एक समर्थक रोमन रुभानोभले समाजिक सञ्जालमा लेखेका छन् ।

सरकारी प्रशासनविरुद्ध रुसी विपक्षी नेता नाभाल्नीका सयौं समर्थकले आइतबार देशव्यापी प्रदर्शन सुरु गरेका छन् । उनीहरुले मार्च १८ मा हुने राष्ट्रपतीय निर्वाचनलाई धोका भएको भन्दै त्यसलाई बहिष्कार गर्न आह्वान गरेका छन् । रुसी सवोच्च अदालतले विपक्षी नेता नाभाल्नीलाई राष्ट्रपतीय निर्वाचनमा सहभागी हुन नपाउने फैसला गरेको थियो ।यसैबीच आइतबार राजधानी मस्कोमा भएको प्रदर्शनमा सहभागिता जनाएको आरोपमा प्रहरीले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई पक्राउ गरेको छ ।

‘मलाई पक्राउ गरिएको छ,’ नाभाल्नीले रुसी भाषामा गरेको ट्विटमा जनाइएको छ । आफू पक्राउ पर्नु ठूलो विषय नभएको भन्दै उनले आफ्ना समर्थकलाई देशव्यापी प्रदर्शन जारी राख्न आग्रह गरेका छन् । प्राप्त जानकारी अनुसार आइतबारको सरकार विरोधी प्रदर्शनका क्रममा रुस भरबाट एक सय ८० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।
 

प्रकाशित: १५ माघ २०७४ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App