२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो सुरु

काठमाडौं- प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता–२०७४ आजबाट शुरु भएको छ। विद्यालयस्तरमा अध्ययनरत छात्राहरुहका लागि विभिन्न तौल समूहमा प्रतियोगिता आयोना गरिएको हो। स्वयम्भुस्थित विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय शुरु प्रतियोगितामा १९ विद्यालयका १ सय ५० जनाको सहभागिता छ। जुनियर र सिनियर गरी जम्मा १३ वटा तौल समूहमा फाईटिङ तथा एकल पुम्से र ग्रुप पुम्से गरी जम्मा २ समूहमा पुम्सेको प्रतिस्पर्धा गराईने छ। प्रतियोगिता सञ्चालनका निमित्त नेपाल तेक्वान्दो संघबाट १४ जनाको महिला नै जुरी तथा रेफ्रीहरु खटिएका छन्।

सैनिक श्रीमती संघका अध्यक्ष रीता क्षत्रीले प्रतियोगिताको उदघाटन गरेकी थिइन्। प्रतियोगिता यही माघ १५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा १७ वटा स्वर्ण, १७ वटा रजत र ३४ वटा काश्य पदक प्रदान गरिने छ। आ–आफ्नो डोजाङका खेलाडीले प्राप्त गरेको पदक तालिकाको आधारमा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई ट्रफी प्रदान गरिने छ। प्रतियोगिताका जुनीयर र सिनियर तौल समूहका उत्कृष्ट खेलाडीलाई  उत्कृष्ट खेलाडीको ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरिने छ। 

 

प्रकाशित: १३ माघ २०७४ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App